माई । नेपाल राष्ट्रिय शिक्षक संगठन माई नगर कमिटिले कोरोनाबाट खाध्यान्न अभावमा भएका विपन्न तथा मजदुरको लागि २८ हजार मुल्य बराबरको खाध्यान्न सहयोग गरेको छ । संगठनले माई नगरपालिकाका योजना अधिकृत लक्ष्मण भुर्तेल र स्वास्थ्य संयोजक पुष्कर कट्टेललाई खाध्यान्न हस्तान्तरण गरेको हो । सरकारले सहयोग प्रदानको लागि एकद्धार निति अपनाएपछि स्थानिय सरकार मातहतमा राहत वितरण गरिदै आएको छ ।
संगठनको कोषबाट ५ हजार तथा ३४ जना शिक्षकहरुबाट संकलन गरिएको रकमबाट खाध्यान्न खरिद गरिएको अध्यक्ष ख्याम लिम्बुले जानकारी दिए । माई नगरपालिकामा विपद व्यवस्थापन कोषमा आर्थिक सहयोग र खाध्यान्न सहयोग जुटने क्रम जारी छ । केही दिन अघि साना किसान महिला कृषि सहकारीले पनि नगरलाई खाध्यान्न प्रदान गरेको थियो ।