नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मई ३ तारिखसम्म लकडाउन बढाएका छन् । आज १० बजे देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोनाको संकट अन्त्य नभएकाले लकडाउन बढाइएको बताए । भारतमा कोरोना संक्रमण नियन्त्रणका लागि मार्च २५ तारिखबाट तीन हप्ताको लकडाउन कायम छ । लकडाउनको आज अन्तिम दिन मोदीले थप १९ दिन लकडाउन बढाएका हुन् । उनले केसी मीमित क्षेत्र खुल्ला राख्ने बताए । तर, त्यस्ता क्षेत्रले नियम पालना नगरे तत्काल रोक लगाउने घोषणा गरे ।
प्रधानमन्त्री मोदीले भारतमा कोरोना भाइरस उपचारका लागि एक लाख वेड तयार रहेको बताए । भारतमा औषधिको कुनै कमी नरहेको बताए । उनले गरिब वर्गका लागि प्रधानमन्त्री राहत योजनाबाट सहयोग गरिने बताए । प्रधानमन्त्री मोदीले लकडाउन र सोसल दुरी कायम गर्न, मास्क लगाउन, प्रतिरोधात्मक क्षमता बढाउने खानपान गर्न, आरोग्य एप डाउनलोट गर्न, गरिबलाई सहयोग गर्न, आफ्नो उद्योगमा काम गर्ने मजदुरलाई कामबाट ननिकालन आग्रह गरे । उनले यिनै कुराको पालना गरेर मात्र कोरोना भाइरस विरुद्ध विजयी पाउन सकिने बताए । उनले पहिलाको जस्तै लकडाउन पालना गर्न आग्रह गरेका छन् ।