माई : माई नगरपालिका इलामलाई साना किसान महिला कृषि सहकारी संस्था लिमिटेड माई नगरपालिका–४ इलामले खाध्यान्न सहयोग गरेको छ । सहकारी संस्थाका अध्यक्ष कल्पना थापाले माई नगरपालिका स्वास्थ्य संयोजक पुष्कर कट्टेल र एमआईएस अपरेटर निर्मल संजेल मार्फत माई नगरपालिकालाई खाध्यान्न सहयोग गरेको साना किसान महिला कृषि सहकारी संस्था लिमिटेडका सहायक प्रबन्धक सिर्जना खवासले जानकारी दिइन् ।
संस्थाले ७ सय ५० केजी चामल, १ सय २५ केजी दाल र १० कार्टन खाने तेल सहयोग गरेको हो । माई नगरपालिकाले सहयोगी दाताहरुलाई जिन्सी तथा नगद सहयोग गर्न एकद्धार प्रणाली मार्फत अनुरोध गरेपछी दाताहरुले जिन्सी र नगद सहयोग गर्न थालेको बताईएको छ ।

बिपतको समयमा माई नगरपालिका भित्र बिपन्न परिबारका महिला तथा बालबालिका बढी प्रभाबित भएको भन्दै आफ्नो संस्थाले नगर मार्फत सहयोग गरेको संस्थाकी सचिब रञ्जना थापाले जानकारी दिइन् । माईमा यस अघि एकद्धार प्रणाली मार्फत सहारा नेपाल र संस्थागत बिद्यालय समितिले सहयोग गरेका थिए । नगरमा हाल खाध्यान्न वितरण कार्य धमाधम भइरहेको छ ।