Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

समाल्बुङ हुँदै नेपाल प्रवेश गर्ने २ जना पशुपतिनगर क्वारेन्टाइनमा

समाल्बुङ हुँदै नेपाल प्रवेश गर्ने २ जना पशुपतिनगर क्वारेन्टाइनमा

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र २८ २०७६


समाल्बुङ हुँदै नेपाल प्रवेश गर्ने २ जना पशुपतिनगर क्वारेन्टाइनमा

फिक्कल । भारतिय नाकाबाट समाल्बुङ हुँदै नेपाल प्रवेश गर्ने २ जनालाई क्वारेन्टाइनमा पठाइएको छ । विहिबार नेपाल तर्फ प्रवेश गर्ने दमक नगरपालिका–५ स्कुल चोकका २९ बर्षिय जीवन लिम्बु र गौरादह नगरपालिका–५ का २७ बर्षिय देवी चेम्जोङलाई स्थानियबासीले नियन्त्रणमा लिएर स्थानिय प्रशासनलाई बुझाएका थिए । प्रशासनले सूर्योदय नगरपालिकासँगको समन्वयमा पशुपतिनगरमा रहेको क्वारेन्टाइनमा राखिएको नगर प्रमुखका स्वकिय सचिव दिपेश राईले जानकरी दिए ।
त्यसअघि गत अप्रिल १ तारिकका दिन भारतको सुकीय र मानेभञ्ज्याङबाट भागेर पशुपतिनगर आउँदै गर्दा पक्राउ परेको ९ जनालाई गृह जिल्ला तेह्रथुम पठाइएको थियो । इलामको रोङ गाउँपालिका देखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको ५२ किलोमिटर नेपाल–भारत खुल्ला सिमानाको फाईदा उठाउँदै भारतमा काम गर्न, पढ्न र भारतीय नागरिक समेत नेपाल प्रवेश गरिरहेका छन् । यसरी आउनेहरु कुनै स्वास्थ्य परीक्षण नगराउने र क्वारेन्टाईनमा समेत नबस्ने गरेका कारण इलामका सिमावर्ती ग्रामिण क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार