२५ चैत्र २०७६, मंगलवार हरप्रहर न्युज
माङसेबुङ । कोरोना भाइरस संक्रमण बढ्न नदिन सरकारले गत चैत्र १० गते देखी देशभर लकडाउन घोषणा गरिएक छ । लकडाउन घोषणसँगै शहरमा मात्र नभएर गाउँघरमा पनि जनजीवन प्रभावित बनेको छ ।
माङसेबुङ गाउँपालिका वडा नं ६ र मिर्मिरे सास्कृतिक प्रतिस्ठान पञ्चमीको संयोजन साथै स्थानिय समाजसेवि हेमन्त राईको अगुवाईमा माङसेबुङमा वार्ड नम्बर ५ र वडा नंं ३ का केही क्षेत्रहरूमा बसोबास गर्ने ११ सय ५० घरधुरीलाई हरियो सागसब्जि वितरण गरिएको छ । ।
सोहि कामलाई निरन्तरता दिदै समाजसेवी तथा नेकपा माङसेबुङ गाउँ समितिका अध्यक्ष समेत रहनुभएका हेमन्त राईको अगुवाईमा मंगलबार माङसेबुङ गाउँपालिका वडा नंं ४ मा करिब ४ सय ५० घरधुरीमा अर्गानिक हरियो सागसब्जि वितरण गरिएको छ । ५ सय मुठा हरियो रायोसाग, ३ सय मुठा जरिङगो र २ सय ५० पोका सिस्नु वितरण गरिएको हेमन्त राईले बताए । हरियो सागसब्जि सिङफेरे,तिनदोभाने,मर्चेबुङ,सिमल्टार ,बनेली,झिल्के,चारपैरे लगायत को ठाउहरुमा वितरण गरिएको हो । योसँगै करिब १५ सय घरधुरीमा हरियो सागसब्जि वितरण सम्पन्न भएको छ ।
वितरणमा माङसेबुङ गाउँपालिका उपाध्यक्ष सुनिता सुब्बा ,वडा नंं ६ का वडाध्य्क्ष प्रदीप साङपाङ, वडा नं ४ का वडाध्यक्ष अमृत राई, वडा सदस्य हरु सन्त वि क, धन राङ्कासु राई, गोमा देबि वि क साथै अभियानका प्रमुख हेमन्त राईको उपस्थिति रहेको थियो । harpraharnews