इलाम । नामसालिङ सामुदायिक विकास केन्द्र (एनसीडिसी) इलामले सरकारले आहवान गरेको लकडाउनबाट प्रभावित ३ जिल्लाका ४ स्थानिय तहमा विपन्न समुदायका लागि राहत साझेदारी गर्ने भएको छ । एनसीडीसीको आजको बैठकबाट इलामको इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका, दाङको राप्ती गाउँपालिका र दोलखाको कालिञ्चोक गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ५० हजारको दरले राहत जम्मा गर्ने निर्णय गरेको हो ।
साथै असहायहरुलाई लक्षित गरि इलाम बजारमा संचालनमा रहेको निःशुल्क खानाको प्रवन्धका लागि १० हजार बराबरको चामल, दाल, तरकारी, तेल लगायत खाध्य सामाग्री समेत सहयोग गर्ने भएको जनाइएको छ ।