Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

क्वारेन्टाइनबाटै फरार अधिकारी सिंहबाहिनी मन्दिरमा फेला परे

क्वारेन्टाइनबाटै फरार अधिकारी सिंहबाहिनी मन्दिरमा फेला परे

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र २५ २०७६


क्वारेन्टाइनबाटै फरार अधिकारी सिंहबाहिनी मन्दिरमा फेला परे

इलाम ।  इलाम नगरपालिका वडा नम्बर– ८ सिङ्फ्रिङ स्थित डा मेघबहादुर पराजुली सामुदायिक अस्पतालको क्वारेन्टाइनबाट फरार भएका भनिएका सरोज अधिकारी सिंहबाहिनी मन्दिरमा फेला परेका छन् । इलाम अस्पतालको रेफरपछि चैत्र २३ गते देखि क्वारेन्टाईनमा राखिएका सन्दकपुर गाउँपालिका ३ सुलुबङ्ग घर भएका अधिकारी सोमबार राती फरार भएका थिए । उनी आज अपराहन्न फेला परेको इलाम नगरपालिकाले जनाएको छ । भारतको सिलगुडीबाट हालै घर आएका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

इलाममा अस्पतालको क्वारेन्टाइनबाटै युवक फरार

प्रतिक्रिया
सम्बन्धित समाचार