चुलाचुली । इलामको चुलाचुली गाउँपालिकाले ८ सय गरिव तथा विपन्न परिवारलाई राहत सामाग्री वितरण गर्न गरेको छ । ज्याला मजदुरी गरी दैनिक गुजारा चलाउने गरिव तथा विपन्न परिवारलाई लकडाउनको वेला समस्या पर्ने भन्दै पालिकाले गरिव तथा विपन्न परिवारको पहिचान गरी खाद्यन्न राहत वितरण गर्न सुरु गरेको हो । यसै विपत्तिको सामना गर्न चुलाचुली गाउँपालिकाले हाल पालिकामा रहेका अत्ति विपन्न परिवार तथा अशक्त व्यक्तिहरुको पहिचान गरी चामल, दाल, तेल, नुन जस्ता अत्यावश्यकिय खाध्यान्न सामाग्री राहत स्वरुप वितरण गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले जानकारी दिए ।
वडा नं १ मा १ सय ३ परिवार, वडा नं २ मा १ सय २६ परिवार, वडा नं ३ मा ९२ परिवार, वडा नं ४ मा १ सय १ परिवार, वडा नं ५ मा २ सय २८ परिवार र वडा नं। ६ मा १ सय ३८ परिवारलाई खाद्यन्न राहत सामाग्री वितरण गरिएको वडा नं। १ का अध्यक्ष पुर्ण लावतीले जानकारी दिए ।

चुलाचुलीमा रहेका गरिव तथा विपन्न परिवारको पहिचान गरी राहत वितरणको कार्यलाई तिव्रता दिईएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले जानकारी दिए । उनका अनुसार १० जना भन्दा बढि परिवार संख्या भएकालाई ५० केजि चामल, दुई लिटर तेल, दुई किलो नुन र ४ किलो दाल वितरण गरिएको छ । र परिवार संख्या कम भएका परिवारलाई सोही अनुसार मिलाएर खाद्यन्न राहत सामाग्री वितरण गरिएको उनले बताए ।
यस्तै गरी गाउँपालिकाले आज वितरण गरेको राहतमा छुटेका परिवारहरुलाई भोली, पर्सी तथा आउदो दिनहरुमा पहिचान गरेर पनि खाद्यन्न वितरण गरिने चुलाचुलीका युवा व्यवसायी तथा पालिका अध्यक्षका निजि सचिव संञ्जय राईले जनाए ।
जिल्ला संग सिमा जोडिएको क्षेत्रमा गाउँपालिकाले थप कडाई गरेको छ । झापा जिल्ला संग सिमाना जोडिएका क्षेत्रहरुमा पुर्ण रुपमा लकडाउन गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष रनबहादुर लिम्बूले जानकारी दिए । चुलाचुलीका स्वास्थ्य शाखा प्रमुख दुस्यान्त दाहालका अनुसार हाल चुलाचुलीमा क्वारेन्टाईन निर्माण गरी कोरोना भाइरस संक्रमणका शंका लागेका विरामीको स्वस्थ्य परिक्षण समेत भइरहेको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण रोक्न सरकारले देशैभरी लगाएको लकडाउनको समय लम्विदै जाँदा ग्रामिण भेगका जनताको दैनिकीमा पनि असर पर्न थालेको छ । दैनिक ज्यालामजदुरी गरेर गुजारा चलाउने तल्लो स्तरका जनताहरुलाई यसको असर बढि परेको छ ।