Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

योङहाङ समाजद्वारा फाकफोकथुममा ६३ घर परिवारलाई खाध्यान्न सहयोग

योङहाङ समाजद्वारा फाकफोकथुममा ६३ घर परिवारलाई खाध्यान्न सहयोग

  • सन्देश सम्वाददाता
  • आइतबार, चैत्र २३ २०७६


योङहाङ समाजद्वारा फाकफोकथुममा ६३ घर परिवारलाई खाध्यान्न सहयोग

फाकफोकथुम : कोरोनाको सम्भावित संक्रमणको रोकथाम र नियन्त्रण गर्नको लागि लकडाउनको कारण मजदुर एवं विपन्न घरपरिवारको खाद्यान्न अभाब भए पछि योङहाङ समाज इलाम द्दारा फाकफोकथुम–७ मा ६३ घरपरिवारलाई खाद्यान्न एवं माक्स वितरण गरेको छ । योङहाङ समाजका अध्यक्ष पञ्चबहादुर योङहाङ र सचिव दिपक लिम्बुको अनुसार फाकफोकथुम–७ योङ्हाङ परिवारका जागिर खाने तथा समाजसेवीहरु रकम संकलन गरि चामल, साबुन र माक्स वितरण गरिएको हो ।


नागरिक संग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यकर्मी एवं सुरक्षा निकायको निम्ति एकतप्पा स्वास्थ्य चौकी, एकतप्पा प्रगरी चौकी र एकतप्पा आयुर्वेद औषधालयमा सेनिटाइजर, डिटोल साबुन, माक्स र हात धुनको लागि पानी, बाल्टि वितरण समेत गरिएको थियो । फाकफोकथुम सरोकार समाज, इलामको सचिव एवं सामाजिक अभियान्ता प्रकाश परियारको उपस्थितिमा खाध्यान्न वितरण सगै कोरोना भाइरस बाट बच्न एवं रोकथामको लागि अपनाउनु पर्ने आवश्यक सावधानि र लक डाउनमा पालना गर्नु पर्ने ज्ञान बारे अभिमुखिकरण समेत गराइएको थियो ।


स्थानीय तहबाट राहत वितरण गर्नको लागि केही दिन समय लाग्ने भएपछि श्रमिक एवं बिपन्न परिवारलाई खाद्यान्न अभाब भए पछि खाद्यान्न वितरण गतिएको हो । अन्य वाडमा समेत खाध्यान्न सहयोग गर्ने कार्यक्रम रहेको समाजका सचिव दिपक योङहाङले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार