Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई वडा नं १ र २ का १२२ परिवारलाई खाध्यान्न वितरण

माईजोगमाई वडा नं १ र २ का १२२ परिवारलाई खाध्यान्न वितरण

  • रोशन काफ्ले
  • आइतबार, चैत्र २३ २०७६


माईजोगमाई वडा नं १ र २ का १२२ परिवारलाई खाध्यान्न वितरण

नयाँबजार । इलामको माईजोेगमाई गाउँपालिकाले तेश्रो दिन वडा नं १ र २ मा ज्याला मजदुरी गरी दैनिक गुजारा चलाउने गरिव तथा विपन्न १२३ परिवारलाई राहत स्वरुप खाध्यान्न वितरण गरेको छ । गाउँपालिका अध्यक्ष जितबहादुर राई र वडा नं १ का कार्यबाहक वडाध्यक्ष देवि खरेलको उपस्थितीमा नयाँबजारमा २७ परिवार र प्रेमेजुङका १६ परिवारलाई ३८ बोरा खाध्यान्न वितरण गरिएको हो । त्यसैगरी वडा नं २ मा ८० परिवारलाई वितरण गरिएको छ ।
जसमा ६५ विपन्न तथा मजदुरी गर्ने ६५ परिवार र अपाङ्गता भएका १५ परिवारलाई ७० बोरा खाध्यान्न वितरण गरिएको कार्यपालिका सदस्य कबिला राईले जानकारी दिइन् । गाउँपालिका अध्यक्ष राई र वडाध्यक्ष डम्बर बहादुर सुवेदीले  राहत वितरण गरेका हुन् । कोरोनाको संक्रमणको जोखिम बढ्दै गएपछि अध्यक्ष राई आफै स्वास्थ्य शिविर संचालन तथा राहत वितरण कार्यक्रममा सक्रिय भइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार