फिक्कल । कोरोना (कोभिड–१९) बाट पर्न सक्ने प्रभावलाई न्युनिकरणको लागि सूर्योदय नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा निर्माण व्यवसायी डम्बर सिंह गदालले २५ हजार सहयोग प्रदान गरेका छन् । गदालले राष्ट्रिय बाणिज्य बैंक स्थित ‘सूर्योदय नगरपालिका (विपद व्यवस्थापन कोष)’ को खाता नं २१००३०५००४९४०२ मा नगद जम्मा गरेका हुन् । यसअघि निजि तथा आवासिय विद्यालयहरुको संगठन प्याब्सनले ५० हजार रुपैया प्रदान गरेका थियो । नगरले विपतको जोखिम न्युनिकरणका लागि कोषमा सहयोग गर्न अपिल गरेको छ ।