Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा आज थप २५ घरलाई युवाले बाँडे राहत

माई नगरपालिकामा आज थप २५ घरलाई युवाले बाँडे राहत

  • तेजबहादुर घिमिरे
  • शनिबार, चैत्र २२ २०७६


माई नगरपालिकामा आज थप २५ घरलाई युवाले बाँडे राहत

माई । शुक्रबारे बजारमा युवाहरुको सक्रियतामा आज पनि दोश्रो चरणमा २५ घर विपन्नलाई खाध्य सामाग्री वितरण गरिएको छ । शुक्रबारे बजार सहित नमस्ते चोक, सेलिङ डाँडा, रातेखाल, डाडाँ गाउँ र गहिरीगाउँका विपन्न र मजदुरहरुलाई वितरण गरिएको थियो । शुक्रबार युवाहरुले ३० जनालाई वितरण गरेका थिए ।

नमुना युवा क्लबले हात धुने अभियान चलाउने
त्यसैगरी नेपालमा कोरोनाको संक्रमण बढ्दै गएपछि माई नगरपालिका–४ शुक्रबारे बजारमा रहेको नमुना युवा समुहले हात धुने अभियान चलाउने भएको छ । विभिन्न दाताहरुको सहयोगमा क्लबले बजार भित्रका ७ स्थानमा हात धुनका लागि पानी र सावुनको व्यवस्था गर्न लागेको हो । यसअघि माई नगर कार्यपालिकाले विभिन्न स्थानमा हेन्डवासका लागि व्यवस्था गरेपनि अपुग भएपछि क्लबले थप गरेको अध्यक्ष श्याम मगरले बताए ।


क्लबलाई साना किसान महिला कृषि सहकारी संस्थाले ५ थान ड्रम, फ्युचर स्टेप एकाडेमीका प्रिन्सिपल अर्जुन मगर र सोयाक मोडल एकाडेमीका संस्थापक युवराज दाहालले १/१ थान ड्रम तथा क्लबकी कोषाध्यक्ष मनिषा चौहानले ७ थान साबुन प्रदान गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार