इलाम । इलामको देउमाई नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण र रोकथामका लागि राहत कोष स्थापना गरेको छ । कोरोनाको संक्रमण बढ्दै जाँदा नियन्त्रण, रोकथाम र राहत बितरणका लागि नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले १० लाख रुपैयाँको राहत कोष स्थापना गरेको हो । कार्यपालिका बैठकले राहत बितरण कार्यबिधि अनुमोदन गर्दै तीन दिन भित्रमा वडा मार्फत राहत दिनु पर्ने परिवारको विवरण लिई बितरण गर्ने निर्णय गरिएको छ ।
साथै बैठकले होम क्वारेन्टाईन पुरा गरेका ब्यक्तिको स्वास्थ्य परीक्षण गरी विवरण राख्ने निर्णय गरेको नगरका सूचना अधिकारी गोविन्द बास्तोलाले लोकल सन्देशलाई जानकारी दिए । बैठकले कोरोना नियन्त्रणमा खट्ने कर्मचारी , स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई धन्यवाद दिएको छ । नगरको राहत कोषमा सहयोग गर्न इच्छुकले नगरपालिकाको प्रकोप ब्यवस्थापना कोषको कृषि बिकास बैंकमा रहेको खाता नं ०६०११५१६०३०९० मा जम्मा गर्न सक्ने जनाएको छ ।