माई । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणको निम्ति लकडाउनसँगै बिपन्न परिवार र मजदुरलाई खाद्यान्न अभाब पछि माई नगरपालिकाका युवाहरुले सहयोग गरेका छन् । माई नगरपालिका– २ र ४ शुक्रबारेका २५ जना युवाहरुले ४८ हजार आर्थिक संकलन गरेर ३० घर परिवारलाई खाध्य सामाग्री वितरण गरेका हुन् ।

प्रति परिवार १० केजी चामल, १ लिटर खाने तेल, १ केजी नुन, एक केजी दाल, आधा केजी न्युटोला साथै १ थान सावुन प्रदान गरिएको स्थानिय युवा समाजसेवी श्याम मगरले जानकारी दिए । कोरोनाका कारण मजदुरहरु दैनिक काम गर्न जान नपाएपछि उनीहरुको दैनिकी सहज बनाउनका लागि खाध्य सामाग्रीका लागि सहयोग संकलन गरिएको स्थानिय ध्रुव सोरालीले जानकारी दिए । अरु थप मजदुरहरुको पहिचान गरी वितरण गरिने भएको छ । अभियानमा सहयोग गर्न युवाहरुले अपिल समेत गरेका छन् ।


