माई । कोरोना (कोभिड–१९) बाट पर्न सक्ने प्रभावलाई न्युनिकरणका लागि माई नगरपालिकालको विपद व्यवस्थापन कोषका लागि १० लाख रुपैया छुट्याउने भएको छ । नगरको सत्रौ कार्यपालिका बैठकबाट कोषमा नगर प्रमुख, उपप्रमुख वडा एवम कार्यपालिका सदस्यहरु लगायत नगरका सवै पदाधिकारीहरुले पाउने सुविधाबाट १५ दिनको सुविधा रकम जम्मा गर्ने निर्णय भएको छ ।
त्यसैगरी इच्छुक संघसंस्था, तथा दाताहरुलाई कोषमा रकम जम्मा गर्न अनुरोध गरिएको छ । नगरले नेपाल सरकारको चैत्र १९ गतेको तयार पारिएको कोडिभ–१९ को सम्भावित संक्रमणको कारण उत्पन्न प्रतिकुल अवस्थाबाट असंगठित क्षेत्रमा कार्यरत श्रमिक तथा असाहायलाई स्थानीय तहबाट राहत उपलव्ध गराउने भएको छ ।
मन्त्री परिषदको निर्णय कार्यान्वयनका लागि ‘असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलव्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६’ बमोजिम राहत प्याकेज उपलव्ध गराउन चैत्र २२ गते वडामा फारम भरि पेश गर्नुपर्ने निर्णय गरिएको नगरपालिकाका अधिकृत नविन कुमार पौड्यालले जानकारी दिए । नगरले वडाध्यक्ष तथा स्वास्थ्इ कार्यालयको समन्वयमा सचेतना कार्यक्रमलाई अझ व्यापक बनाउने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको बैठकको राहत स्वरुप विपद व्यवस्थापनलाई छुट्याएको कोषको निर्णयमा वडा नं २ का वडाध्यक्ष खम्बसिंह लिम्बुले असहमती जनाएका छन् । कार्यपालिकाको माइन्युटमा उनको असहमती जनाएका हुन् ।