Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुम–७ का वडाध्यक्ष थापाले बाँडे बिपन्न र मजदुरलाई व्यक्तिगत खर्चमा खाध्यसामाग्री

फाकफोकथुम–७ का वडाध्यक्ष थापाले बाँडे बिपन्न र मजदुरलाई व्यक्तिगत खर्चमा खाध्यसामाग्री

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र १९ २०७६


फाकफोकथुम–७ का वडाध्यक्ष थापाले बाँडे बिपन्न र मजदुरलाई व्यक्तिगत खर्चमा खाध्यसामाग्री

फाकफोकथुम । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको रोकथाम र नियन्त्रणको निम्ति लकडाउनसँगै मजदुरलाई खाद्यान्न अभाब पछि फाकफोकथुम–७ का वडाध्यक्ष लोक बहादुर थापाले खाध्य सामाग्री वितरण गरेका छन् । लकडाउनको पालना गर्दै काम एवं मजदुरी गर्न नपाएर खाद्यान्न अभाव भए पछि १३ घर परिवारलाइ चामल, दाल, तेल र नुन थापाले व्यक्तिगत खर्चमा वितरण गरेका हुन् ।


खाध्यान्न सामाग्री लिनेहरुमा दैनिक ज्याला मजदुर गर्ने श्रमिक एवं अति विपन्न  वडाबासी पुष्पा पौडेल, रामचन्द्र चौधरी, गौरिमान लिम्बू, गैरिघरे साइली दिदी, सेर सिंह लिम्बू, सावित्रा पौडेल, सीता तोलाङी रहेका छन् । त्यसैगरी जित बहादुर श्रेष्ठ, विमला राई, राजकुमार श्रेष्ठ, बुद्दिमान राई, इन्दिरा श्रेष्ठ र तिल बहादुर राईको परिवारलाई चामल १० केजी, दाल र नुन एक केजी तथा तेल १ लिटर वितरण गरिएको थियो ।
१३ घर परिवारलाइ सिकारीभन्याङ वितरण गरिएको थियो । भोलि अति विपन्न र ज्याला मजदुरी गर्नेलाइ छनोट गरि दोकान डाँडा र रुपाटारमा समेत व्यक्तिगत रुपमा खाध्यान्न सहयोग गर्ने थापाले बताए । गाउँपालिका मार्फत वितरण गर्न तत्काल विवरण संकलन भइरहेको र सामाग्री वडामा आइपुग्न केही दिन लाग्ने भएकोले ज्याला मजदुरी गर्नेलाइ हात मुख जोडनै समस्या भएकोले खाध्यन्न वितरण गरिएको थापाले बताए ।
फाकफोकथुम सरोकार समाज इलामका सचिव एवं सामाजिक अभियन्ता प्रकाश परियार, रेडक्रस कर्मी याम प्रसाद घिमिरे लगायतको उपस्थित खाध्य सामाग्री वितरण गरिएको थियो । खाध्यन्न सामाग्री वितरण सँगै लकडाउन पालना गर्न र कोरोना भाइरस बाट बच्न जानकारी समेत गराइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार