Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

कोरोनाका कारण कंगोका पुर्व राष्ट्रपतिको निधन

कोरोनाका कारण कंगोका पुर्व राष्ट्रपतिको निधन

  • एजेन्सी
  • मंगलबार, चैत्र १८ २०७६


कोरोनाका कारण कंगोका पुर्व राष्ट्रपतिको निधन

कोरोना भाइरसका कारण कंगो गणराज्यका पुर्व राष्ट्रपति ज्याक जोआकिम योहाम्बी ओपाङ्गोको निधन भएको छ । ८१ बर्षिय ओपाङ्गोको फ्रान्समा निधन भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उनी एक सेना अधिकारी थिए । जो दक्षिण अफ्रिकी राष्ट्रको जनरल बने । उनले सन १९७७ देखी १९७९ सम्म कंगो–ब्राज्जाभिलको सत्ता सम्हालेका थिए । त्यसपछि उनलाई हालका राष्ट्रपति डेनिस ससाउ नेग्गेसोले अपदस्त गरेका थिए ।
सन १९९१ मा बहुदलिय प्रजातन्त्र आउनु अघि उनले धेरै बर्ष जेल जिवन बिताए । १९९३ बाट १९९७ को गृहयुद्ध सुरु नभएम्म उनी देशको प्रधानमन्त्री समेत बनेका थिए । त्यसपछि १० बर्षसम्म उनले फ्रान्समा निर्वासित जिवन बिताए । त्यसपछि पुन ः कंगो फर्किएर राजनितिमा सक्रिय भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार