Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

अत्यावश्यक सामाग्रीमा कालोबजारी नगर्न सूर्योदय उद्योग वाणिज्य संघको आग्रह

अत्यावश्यक सामाग्रीमा कालोबजारी नगर्न सूर्योदय उद्योग वाणिज्य संघको आग्रह

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र १८ २०७६


अत्यावश्यक सामाग्रीमा कालोबजारी नगर्न सूर्योदय उद्योग वाणिज्य संघको आग्रह

फिक्कल । कोरोनाका कारण विश्वमा जोखिम बढिरहेको अवस्थामा कालोबजारी नगर्न सूर्योदय नगर उद्योग वाणिज्य संघले आग्रह गरेको छ । संघले विज्ञप्ती जारी गर्दै लकडाउनको अवस्थामा सरकारले अनुमति दिएको अत्यावश्यक सेवा, औषधी, खाध्य बस्तु, पानी, दुध, फलफुल तरकारी जस्ता सामाग्रीहरुमा कालोबजारी नगर्न आफना सदस्य व्यवसायीहरुसँग आग्रह गरेको छ । अत्यावश्यक सेवाका सामाग्रीहरु ओसारपसारमा संलग्न सवारी साधन संचालनमा अवरोध भएमा संघसंग समन्वय गर्न आग्रह गरिएको छ । संघले समस्या परेका अध्यक्ष प्रमोद राई र महासचिव राजन प्रधानलाई सम्र्पक गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार