Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

नेपालमा बन्यो लोपाेन्मुख लेप्चा जातिको पाठ्यक्रम

नेपालमा बन्यो लोपाेन्मुख लेप्चा जातिको पाठ्यक्रम

  • सुजन तिमल्सिना
  • मंगलबार, चैत्र १८ २०७६


नेपालमा बन्यो लोपाेन्मुख लेप्चा जातिको पाठ्यक्रम

इलाम ।  इलाममा मात्रै बसोबास गर्ने लोपाेन्मुख लेप्चा जातिको भाषामा अध्यापनका लागि पाठ्यक्रम तयार भएको छ । इलाका १० वटा स्थानीय तहमध्ये एक हजार ६० जना लेप्चा जातिको जनसंख्या रहेको रोङ गाउँपालिकाले लेप्चा जातिको पाठ्यक्रम तयार पारेको हो । लोपाेन्मुख सुचिमा रहेको लेप्चा जातिको भाषा, संस्कृति संरक्षण गर्ने उदेश्यले गाउँपालिकाले नेपाल आदिवासी जनजाति महासंघ इलामको सहयोगमा भाषाविद् हरिचन्द्र लावतीबाट लेप्चा जातिको पाठ्यक्रम तयार पारिएको हो ।
पहिलाे पटक तयार पारिएको पाठ्यक्रम एकिकृत रुपमा रहेको भाषाविद् हरिचन्द्र लावतीले बताए । पाठ्यक्रमको पहिलो खण्डमा लेप्चा जातिको भाषा र सँस्कृति, दोस्रो खण्डमा पेशा र प्रविधि, तस्रो खण्डमा विज्ञान र चौथो खण्डमा गणित विषय रहेको छ । तयार पारिएको पाठ्यक्रम भाषिक र सास्कृतिक दृष्टिकोणले लेप्चा विशिष्ट रहेको छ । भाषाविद् लावतीका अनुसार विश्वमा नै पहिलोपटक लेप्चा जातिको पाठ्यक्रम पहिलो पटक तयार पारिएको हो ।


‘भारतको सिक्किम र कालेम्पोङमा पाठ्यक्रम बिनै पाठ्यपुस्तक बाट लेप्चा भाषामा अध्ययन भइरहेको छ, भाषाविद् लावतीले भने–‘ हामीले नेपालमा पहलोपटक रोङ गाउँपालिकामा पाठ्यक्रम तयार पारेका छौँ र त्यसमा म आफै सहभागि हुन पाउँदा खुशि लागेको छ ।’ आगामी शैक्षिक २०७७ बाट शुरु गर्ने उद्धेश्यले पाठ्यक्रम निर्माण भएको हो । निर्माण भएको पाठ्क्रमका आधारमा कक्षा एकको पाठ्यपुस्तकसँगै पाठ्यसामग्री पनि निर्माण भएको हो ।

लेप्चा जातिको भाषा र संस्कृतिलाई बढी भन्दा बढी व्यवसायीक बनाउन पाठ्यक्रममा विद्युतिय सिकाईसँग जोडेर प्रविधि, विज्ञान र गणितिय सामग्रीहरु राखिएको भाषाविद् हरिचन्द्र लावतीले बताए । लेप्चा जातिको भाषा र संस्कृति संरक्षण गर्ने उदेश्यले रोङ गाउँपालिकाले एक वर्ष अघि गुरुयोजना निर्माण गरेको थियो । गुरुयोजनामा लेप्चा जातिको भाषा, साहित्य, लिपि र संस्कृतिको संरक्षणका लागि पाठ्यक्रम तयार पार्नुपर्ने निष्कर्ष दिएपछि गाउँपालिकाले पाठ्क्रम, पाठ्पुस्तक र पाठ्यसामग्री निर्माण गरेको गाउँपालिका अध्यक्ष समसेर राईले बताए ।

निर्माण भएको पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्य सामग्रीको आधारमा वडा नम्बरको चिन्डेपानीमा रहेको शारदा आधारभुत विद्यालयमा २०७७ को शैक्षिक शत्रबाट अध्ययन शुरु हुनेछ । अध्ययनका लागि गाउँपालिकाले प्लश टु उतिर्ण गरेका एक शिक्षक छनौट गरिसकिएको छ । छनौट भएका शिक्षकलाई शिक्षण गर्नुपुर्वको तीन महिने तालिम प्रदान गरिसकिएको अध्यक्ष राईले बताए । एक हजार ६० जना जनसंख्या रहेको रोङ गाउँपालिकाका सबै विद्यालयमा अध्ययनको संभव भएकाले लेप्चा समुदायका विद्यार्थीहरुलाई एकिकृत गरेर वडा नम्बर ३ कै चिण्डेपानीको शारदा आधारभुत विद्यालयमा नै अध्ययनको व्यवस्था गरिने कार्यपालिका सदस्य मात्रिका बरालले बताए ।


लाप्चा जाति इलामको सूर्योदय, माई, इलाम नगरपालिका र माईजोगमाई तथा रोङ गाउँपालिकामा बासोबास गर्दै आएका छन् । लोपाेन्मुख सुचिमा रहेको लाप्चा जाति केहि परिवार झापाको बुद्धशान्ति गाउँपालिकामा पनि बासोबास गर्दै आएका छन् । ६ हजार ५ सयको संख्यामा रहेका लाप्चा जातिलाई सरकारले लोपउन्मुन समुदाय भन्दै मासिक २ हजार भत्ता दिँदै आएको छ । त्यहि जातिको विकासका लागि रोङ गाउँपालिकाले गुरुयोजना नै निर्माण गरि काम गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार