Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामको लक्ष्मीपुरमा हत्या गरी गाडेको अवस्था युवती शव फेला

इलामको लक्ष्मीपुरमा हत्या गरी गाडेको अवस्था युवती शव फेला

  • सन्देश सम्वाददाता
  • बुधबार, चैत्र ५ २०७६


इलामको लक्ष्मीपुरमा हत्या गरी गाडेको अवस्था युवती शव फेला

फिक्कल । इलामको सूर्योदय नगरपालिका–१३ लक्ष्मिपुर स्थित पोखरी (किरात टोल) मा हत्या गरी माटोमा गाडेको अवस्थामा एक युवतीको शव फेला परेको छ । शव स्थानिय १७ बर्षिय आकृति राईको रहेको प्रहरीले जनाएको छ । ज्योती माबि कक्षा ११ मा अध्यनरत उनी हिजो बिहान घरबाट परिक्षा लेख्न भनी हिँडेको बताइएको छ । युवती परिक्षा लेख्न बिद्यालय नै नपुगेपछि परिवार, आफन्त र गाउँलेले हिजो देखी नै खोजी गरेका थिए ।
आज दिउँसो अम्लीसो बारीमा शब फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । शब फेला पारेपछि घटनाका बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरिक्षक रमेश राईले जानकारी दिए । युवतीको टाउको तथा शरिरमा चोट लागेको अवस्थामा फेला पारेको छ । हत्याको आशंकामा केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार