Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सय वर्ष पुरानो दरबार संग्राहालय बन्दै, भवन मर्मतको काम गरिँदै

सय वर्ष पुरानो दरबार संग्राहालय बन्दै, भवन मर्मतको काम गरिँदै

  • सुजन तिमल्सिना
  • बुधबार, फाल्गुन २८ २०७६


सय वर्ष पुरानो दरबार संग्राहालय बन्दै, भवन मर्मतको काम गरिँदै

इलाम । स्थानीयले भत्काउन नदिएपछि राणा शासनका बेला निर्माण भएको इलामको सय वर्ष पुरानो दरबारलाई संग्राहालय बनाउन थालिएको छ । इलाम जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिको संस्कृति र उनीहरुले परम्परागत रुपमा प्रयोग गरेका सामग्रीहरु संग्राहलयमा संरक्षण गरिने भएको हो । राणा शासनमा निर्माण भएको इलाम दरबार संग्राहालय रुपमा रुपान्तरण गरिने भएको छ । गृह मन्त्रालयले इलाम दरबारको भवन इलाम नगरपालिकालाई हस्तान्तरण गरेसँगै संग्राहालय निर्माणको काम शुरु भएको प्रतिष्ठानका दिवाकर भण्डारीले बताए ।


इलाम जिल्लाको प्रशासनिक काम हुँदै आएको सय वर्ष पुरानो भवन मर्मत गरि सास्कृतिक संग्राहालय बनाउन अहिले धमाधम काम गरिँदै आएको छ । जिल्ला प्रशासन कार्यालयको काम नयाँ भवनबाट शुरु भएपछि खालि रहेको पुरानो भवनलाई मर्मत गरि संग्रहालय बनाउन अहिले निर्माणको काम गरिँदै आएको छ ।
संग्राहालय निर्माणको काम इलाम नगरपालिकाको साहित्क कला संगीत प्रतिष्ठानले गरिरहेको हो । इलाममा बसोबास गर्ने विभिन्न जातजातिको संस्कृति र उनीहरुले परम्परागत रुपमा प्रयोग गरेका सामग्री, भेषभुषाको संरक्षणका लागि संग्राहालयमा राख्ने योजना रहेको छ । अरनिको सास्कृतिक संग्राहालयको नाम दिइएको भवन विक्रम सम्बत १९३७ साल अघि निर्माण भएको थियो ।
राणाशासनका बेला बडाहाकिम बस्दै आएको भवन राजनितिक परिवर्तनसँगै त्यसपछि जिल्लाको प्रमुख प्रशासनिक निकाय बनाइएको थियो । भवन पुरातात्विक महत्वको रहेकाले स्थानीयले भत्काउनु नहुने माग गरेपछि इलाम नगरपालिकाले संग्राहालय बनाउने निर्णय गरेको हो । अहिले संग्राहालय भवनको मर्मतको कामले तिब्रता पाएको छ । मर्मतसँगै पुराना र ऐतिहासिक सामग्रीहरु संकलनको काम पनि थालिएको इलाम नगरपालिका साहित्य कला संगीत प्रतिष्ठान अध्यक्ष टिका घिमिरेले बताइन् ।
संग्राहालय निर्माणका लागि चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोहि बजेटबाट मर्मत र रङ्रोगनको काम गरिररहेको छ । संग्राहालयको अगाडि कलकार अरनिको सालिक राख्ने योजनामा इलाम नगरपालिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार