माई । इलामको माई नगरपालिका २ स्थित सेलिङडाँडा रातेखाडी सडक खण्डमा कल्भट निर्माणको काम शुरु भएको छ । सडक खण्डको सेलिङडाँडा ५ मिटर लामो कल्भट निर्माणको काम शुरु भएको हो ।

माई नगरपालिकाको चार लाख र उपभोक्ता १ लाख गरि ५ लाखमा कल्भट नर्माणको काम शुरु भएको उपभोक्ता समिति अध्यक्ष योगेश राईले बताए । उपभोक्ता समितिबाट हुँदै आएको काममा समितिका पदाधिकारी आफै निर्माणमा जुटेको प्राविधिक मनोज भण्डारीले बताए । कल्भटको बिहिबार माई नगरपालिकाको अनुगमन टोलीले अनुगमन गरेको माई नगरपालिका प्रशासकिय अधिकृत नविन पौडेलले बताए ।