Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकाको छैटौँ नगरसभा शुरु

इलाम नगरपालिकाको छैटौँ नगरसभा शुरु

  • सन्देश सम्बाददाता
  • बिहिबार, फाल्गुन ८ २०७६


इलाम नगरपालिकाको छैटौँ नगरसभा शुरु

इलाम । इलाम नगरपालिकाको छैटौँ नगरसभा शुरु भएको छ । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको अध्यक्षतामा शुरु भएको नगरसभामा विभिन्न ऐनहरुको संसोधन र पास गर्ने कार्यशुचि रहेको छ ।

११ गते सम्पन्न हुने नगरसभाको पहिलो दिन इलाम नगरपालिकाको कर्मचारी व्यवस्थापन ऐन २०७४ संशोधन, इलाम नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन, इलाम नगरपालिका निजि साझेदारी लगानी तथा व्यवस्थापन संचालन ऐन २०७४ संसोधन, विद्यालय अनुगमन संसदिय समितिको प्रतिवेदन २०७६ माथि छलफल गरि पास गर्ने कार्यसुचि रहेको छ ।


त्यसैगरी सभामा इलाम नगरपालिकाको आर्थिक तथा विनियोजन ऐन २०७६ संसोधन, विषयगत समिति गठन, नगर कार्यपालिकाका बैठकको निर्णय अनुमोदन लगायतका बिषयमा छलफल गर्ने कार्यसुचि रहेको इलाम नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम कुमार गौतमले बताए ।


नगर सभाको शुरु गर्दै गर्दै नगरपालिकाका प्रमुख महेश बस्नेतले जनप्रनिधिहरु निर्वाचित भएर आएपछि नगरको समग्र विकासका लागि योजनावद्ध काम गरिएको बताए । नगरपालिकामा निर्वाचित सबै जनप्रतिनिधिहरुको प्रयास र पहलले नगरपालिकाको पूर्वाधार, शिक्षा, खानेपानी र स्वास्थ्यका क्षेत्रमा सुधारका काम भइरहेको प्रमृुख बस्नेतको भनाइ थियो ।


नगरपालिकाको फोहोर व्यवस्थापन, पर्यटन,ढल व्यवस्थापनका क्षेत्रमा काम पूर्वाधार निर्माणको काम गरिरहेकाले आगामि दिनमो सवृद्ध नगर बनाउने अभियानमा सबै जनप्रनिधि एक भएर लाग्नुपर्ने प्रमुख बस्नेतले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार