इलाम । संघीयता कार्यान्वयनमा संचारकर्मीको भुमिका महत्वपूर्ण रहेको इलाममा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । राज्यको पुनःसंरचना पछि तीनै तहका संरचनाले गरेका कामहरु तथ्य पुरक रुपमा समाचार सम्प्रेसण गर्नुपर्ने कार्यक्रमका सहभागिले बताएका हुन् ।
संविधानको प्रस्तावनामा नै पूर्ण प्रेश स्वतन्त्रतता लेखिएकाले संचारकर्मीहरुले सत्य र तथ्यका रुपमा आफ्नो कलम चलाउन स्वतन्त्र रहेको वक्ताहरुको भनाइ छ । पत्रकारिता क्षेत्रले आफ्नो आचारसंहिताका दायारामा रहेले सत्य र निष्पक्ष समाचार सम्प्रेषण हुन नसकेमा नेपालको संघीयता कार्यान्वयन र नेपाली पत्रकारीताको भबिष्य अन्यौलनमा पर्ने वक्ताको जोड थियो ।
प्रेस संगठन नेपाल इलाम जिल्ला शाखाको भेला तथा सपथ ग्रहण समारोहमा बोल्दै नेकपा प्रदेश नम्बर एक सदस्य टिका घिमिरेले सत्य र तथ्यपरक समाचार लेख्नुपर्ने बताइन् । सत्थ समाचार लेख्नका लागि पार्टी रिसाउला, जनप्रनिधि रिसाउला भन्नु पर्दैन उनले भनिन्–‘संचारकर्मीले लेखिएको समाचार सत्य तथ्य रुपमा हुर्नुपर्छ । उनले राजनितिक झुकाव र पत्रकारको व्यक्तिगत भावनाले पत्रकारिताको मुल्य मान्यता संकटमा पर्ने भएकाले आम जनताको पिडालाई समाचारको माध्यमबाट सवै सामु ल्याउनुपर्नेमा जोड दिइन् । प्रेस संगठन प्रदेश नम्बर एकका संयोजक राजन केडीले पत्रकारको आफ्नै आचारसंहिताको पालन गर्दै अघि बढेमा पत्रकारीता क्षेत्र मर्यादित हुने बताए ।
प्रेस संगठन जिल्ला शाखा इलामका संयोजक सुजन तिमसिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा इलामकी सचिव सोममाया राई सिन्धु, कार्यालय सदस्य विजय खम्बु, सचिवालय सदस्य गणेश बराल, नेकपा इलामका कार्यालय सचिव नवराज शंकर, प्रेस संगठनका केन्द्रिय सदस्य सटेन्द्र जवेगु, मिलन लिम्बु, दयाराम दाहाल, चन्द्र पन्दाक प्रयास नेपाल पत्रकार महासंघ इलामकी अध्यक्ष कोकिला ढकाले नेपाली पत्रकारीताको गरिमा बढाउन पत्रकारले जिम्मेवारी पूर्वक भुमिका निर्वाहा गर्नुपर्ने बताए । प्रेश संगठन इलामका सह–संयोजक विमलकुमार दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रेस संगठन झापाका अध्यक्ष मुक्ति पौडेल, अग्रज पत्रकार प्रकाश अधिकारी, डा देवि क्षेत्री दुलालले पत्रकारिता क्षेत्रमा आलोचनात्मक चेत हराउँदै गएकाले आफ्नो कलमलाई मर्यादित बनाएर जनता र जनप्रनिधिहरुलाई मार्गनिर्देश हुने खालका समचारहरु प्रसारणमा जोड दिएका थिए ।
प्रेश संगठन इलामका सदस्य दिवाकर भण्डारीले संंचालन गरेको कार्यक्रममा प्रेश संगठन इलामको कार्यसमितिमा रहेका सदस्यहरुलाई सपथ ग्रहण गराइ जिम्मेवारी प्रदान गरिएको थियो ।