Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेल भन्छन् ‘आगामी २५ बर्षमा नेपाल विकसित मुलुक’

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेल भन्छन् ‘आगामी २५ बर्षमा नेपाल विकसित मुलुक’

  • नमीन ढकाल
  • बुधबार, माघ २९ २०७६


राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेल भन्छन् ‘आगामी २५ बर्षमा नेपाल विकसित मुलुक’

फिक्कल । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आगामी २५ बर्षसम्ममा मुलुक विकसित देश बनाउने गरी मार्गचित्र बनाएर अगाडी बढेको बताए । दीर्घकालीन सोचसहितको विकास १५औँ योजनाको मस्यौदा–आधारपत्रले निर्दिष्ट गरेकाले विस २१०० सम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पु¥याउने लक्ष्य लिएको उनले बताए । सूर्योदय नगरपालिकामा आयोजित आवधिक योजना तर्जुमा अन्तरक्रियामा बोल्दै कडेलले विसं २१०० सम्ममा मुलुकको प्रतिव्यक्ति आय १२ हजार ५०० अमेरिकी डलरमा पु¥याउने दीर्घकालीन सोचका साथ अगाडी बढेको बताए ।
उनले स्थानिय सरकारले आवधिक लक्ष्यका योजना बनाउँदा सरकारले लिएको दिगो विकास लक्ष्यलाई समेत स्थानियकरण गरे समावेश गर्न सुझाव दिए । दिगो विकास लक्ष्यमा समावेश गरिएको १७ वटा लक्ष्य पुरा भएमा ‘सुखी नेपाली समृद्ध नेपाल’ बन्ने उनले विश्वास व्यक्त गरे । ‘ दिगो विकासका १७ लक्ष्य मध्ये १० लक्ष्य समृद्धिका चार र सुखका ६ सुचक र मापदण्ड समावेश गरिएको छ । ’ उनले भने ‘ केही दिनभित्रै आयोगका अध्यक्ष प्रधामन्त्री केपी शर्मा ओली सहितको पुर्ण बैठकले १५ औ योजना पारित गर्नेछ त्यसपछि देशमा विकासको लहर सृजना हुनेछ ।’
विकास भनेको भौतिक पुर्वाधारमा मात्र विकास नभई मानविय सोच, शिक्षा र स्वास्थ्यमा समेत अगाडी बढनुपर्ने बताए । प्रदेश नं २, कर्णाली र सुदूरपश्चिम प्रदेशको मानव विकास सूचकाङ्क अन्य प्रदेशको तुलनामा कम रहेकाले समृद्ध नेपालको योजनालाई सार्थक बनाउन प्रदेश नम्बर एक, तीन र गण्डकी प्रदेशले मुख्य भुमिका खेल्नुपर्ने कँडेलले बताए । ‘ ७ वटै प्रदेशसँग समन्वयमा योजनाको
कार्यक्रममा बोल्दै आयोगका सदस्य कृष्णप्रसाद ओलीले हाल रहेको गरिवी दर १८.७ प्रतिशतलाई घटाएर पञ्च बर्षिय योजना (२०७६/७७ देखि २०८०/८१) सम्म ११ प्रतिशतमा ल्याइने बताए । उनले सरकारले बार्षिक ७ प्रतिशतको वृद्धिदरले प्रगती गरिरहेको उल्लेख गर्दै आगामी ३ बर्षमा १० प्रतिशत भन्दा बढी हुने लक्ष्य राखेर पञ्चबर्षिय योजनाको मस्यौदा बनाएर अगाडी बढेको बताए । ‘ १० प्रतिशतको दरलाई घट्न नदिई अगाडी बढ्ने हो भने २१०० सम्ममा १२ हजार प्रतिव्यक्ती आय असंभव पनि छैन् ।’ उनले भने
पञ्च बर्षिय आधारपत्रले तीव्र, दिगो र रोजगारमूलक आर्थिक वृद्धि, सुलभ तथा गुणस्तरीय स्वास्थ्य र शिक्षाको सुनिश्चितता, आन्तरिक र अन्तप्रदेशीय आवद्धता एवं दिगो विकास, उत्पादन र उत्पादकत्व वृद्धि, न्यायपूर्ण र गतिशील समाज, प्राकृतिक स्रोतको संरक्षण र परिचालन तथा उद्यमशीलता विकास गर्ने रणनिति बनाएको बताए । १५ औ योजनाले समाजवादोन्मुख र लोककल्याणकारी राज्यको रुपमा रुपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार तयार गर्ने सङ्कल्पसहितको लक्ष्य लिएको ओलीले बताए ।
उचित ढङ्गले परियोजना छनौट नहुँदा परियोजना असफल हुने भएकाले सो समस्या हल गर्न प्रोजेक्ट बैंक बनाएर अगाडी बढ्ने उनले बताए । प्रदेश र स्थानिय तहले योजना बनाउदा वार्षिक कार्यक्रम, आवधिक योजना र मध्यमकालिन खर्च संरचना तर्जुमा लगायतका कार्यहरुमा आयोगबाट समन्वय र सहजिकरण हुने ओलीले बताए । कार्यक्रम सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले इलाम र झापामा निजिकरण गरिएको चिया बगान स्थानिय सरकारको स्वामित्वमा दिनुपर्ने बताए । उनले आगामी ३० जुलाई २०२० मा सम्झौता पुनरावलोकन मिति भएकाले सम्झौतालाई खारेज गरेर सरकारी चिया बगान सम्वन्धित स्थानिय सरकारलाई दिनुपर्नेमा जोड दिए ।
‘ करोडौको बगानको न त स्थानिय सरकारलाई राजस्व र भुमि कर बुझाइएको छ । ’ उनले भने ‘ सम्वन्धित स्थानिय सरकारको कार्यपालिकाको बैठकबाट स्वामित्व सम्वन्धित निर्णय गरिएकाले यसमा पुनरावलोकन गरेर स्थानिय सरकारलाई दिँदा देशलाई समेत फाइदा पुग्छ ।’ राईले ऐतिहासिक महत्व बोकेको लाप्चाहरुको आस्थाको धरोहर फेन्सोङ गुम्बा र शिक्षा क्षेत्रको महत्व बोकेको करफोक विद्यालयका लागी विशेष अनुदानका लागी आयोगसंग माग गरे ।
कार्यक्रमका सहभागीहरुले भाषा, कला संस्कृतिको विकासमा सरकारी लगानी हुन नसकेको बताए । उनीहरुले ग्रामिण क्षेत्रका जनताका योजनालाई केन्द्रिय सरकारले सम्वोधन गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरे । सिमा क्षेत्रका जनताहरुले बर्षौदेखी सास्ती भोग्दै आएकाले समस्या समाधानका लागी सरकार गम्भिर बन्न आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार