Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

एक दिवशीय क्रिकेटमा विनोद भण्डारीको पहिलो अर्धशतक

एक दिवशीय क्रिकेटमा विनोद भण्डारीको पहिलो अर्धशतक

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ २५ २०७६


एक दिवशीय क्रिकेटमा विनोद भण्डारीको पहिलो अर्धशतक

विनोद भण्डारीले पहिलो एक दिवशीय अर्धशतक प्रहार गरेका छन् । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिका विरुद्धको खेलमा उनले अर्धशतक बनाएका हुन् । ५० रन पुरा गर्न बिनोदले ६४ बलको सामना गरे । भण्डारीले ५ चौका र १ छक्का प्रहार गरेका छन् । चौथो विकेटका रुपमा पारस खड्का पेभोलियन फर्किएपछि भण्डारी क्रिजमा आएका थिए । उनले युवा व्याटसमेन कुशल मल्लसँग इनिङ साझेदारीमा नेपाली स्कोर उकासेका थिए ।

याे पनि पढ्नुहाेस

डेव्यु खेलमै कुशलको अर्धशतक, कम उमेरमा अर्धशतक बनाउने कान्छा खेलाडी

प्रतिक्रिया
सम्बन्धित समाचार