Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा भुकम्प सुरक्षा दिबश

माई नगरपालिकामा भुकम्प सुरक्षा दिबश

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ २ २०७६


माई नगरपालिकामा भुकम्प सुरक्षा दिबश

माई : २२औ भुकम्प सुरक्षा दिबश बिहिबार इलामको माई नगरपालिकामा बिबिध कार्यक्रमका बिच सम्पन्न गरिएको छ । माई नगरपालिकको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी दानाबारी उपशाखाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख प्रशाशकीय अधिकृत दिनानाथ लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुकम्प बाट कसरी बच्न सकिन्छ भन्ने बारेमा प्रस्तुती तथा जानकारी सशस्त्र प्रहरी बेस क्याम्प दानाबारीका प्रमुख रुद्र बहादुर बुढाथोकीले गरेका थिए ।
भुकम्प प्रतिरोधी संरचना निर्माणका बारेमा माई नगरका इन्जीनियर असीम भण्डारीले जानकारी गराएका थिए । कार्यक्रममा न्युलाईट बोडिङ स्कुलका बिद्यार्थीहरुले नाटक समेत प्रस्तुत गरेका थिए । रेडक्रस दानाबारीका अध्यक्ष मित्र प्रसाद गौतम प्रमुख अतिथि रहेको कार्यक्रमको सञ्चालन माई नगर सुचना अधिकारी लक्ष्मण भुर्तेलले गरेको जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार