फिक्कल । सूर्योदय नगरपालिका–९ रम्फोकमा गोरु काटेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रम्फोककै दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ पर्नेहरुमा नगरपालिकाको वडानम्बर ९ रम्फोकका ३८ वर्षीय निमा तामाङ र वडानम्बर ५ स्थायी घर भई हाल रम्फोक बस्दै आएका ३८ वर्षीय पेमा तामाङ रहेका छन ।
गाउँमा गोरु काटिरहेको भन्ने गोप्य सुचनाका आधारमा फिक्कल प्रहरी चौकीबाट खटिएको टोलिले उनीहरुलाई गोरु काटिरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो । पक्राउपछि उनीहरुमाथि अनुसन्धान जारी राखिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख रमेश राईले जानकारी दिए ।