फाकफोकथुम । फाकफोकथुम गाउँपालिका न्यायीक समितीको आयोजनामा तीन दिवसीय मेलमिलापकर्ताहरुको मेलमिलाप पुर्नताजकी तालिम सम्पन्न भएको छ । मानव अधिकार मञ्चको समन्वयमा आयोजना भएको तालिममा गाउँपालिकाका ३० भन्दा बढीको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष एवम न्यायिक समितीकी अध्यक्ष सरस्वती राईले तालिमका सहभागीहरुलाई भेला गराई गाउँपालिका स्तरिय मेलमिलाप समिती गठन गरिने बताइन् ।
कार्यक्रममा बोल्दै वडा नं ३ का अध्यक्ष राजु पौडेलले द्धन्द्ध समाधान गर्न जनप्रतिनिधी र मेलमिलापकर्ताहरु बिचको समन्वयात्मक तालिम महत्वपुर्ण रहेको बताए । मानब अधिकार मञ्च नेपाल इलामका प्रमुख प्रशिक्षक योगराज सापकोटाले तालिम लिईसकेपछि द्धन्द्ध समधान गर्न सक्षम हुने बताए । उनले अबको छ महिना पछि मेलमिलापकर्ताहरू सक्षम र महत्वपूर्ण भूमिका निर्वाह गरेको देख्न पाइने अपेक्षा रहेको बताए ।
तालिमका सहभागी वडा नं १ का सदस्य बालकृष्ण भट्टराईले गाउँघरमा द्धन्द्ध समाधान गर्न प्याजे विधि उपयुक्त हुने बताए । तालिममा फाकफोकथुम वडा नं १, ३, ४ र ५ नम्बर वडाका जनप्रतिनिधी एवम मेलमिलापकर्ताहरुको सहभागीता रहेको थियो ।