Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

जितपुरको एनसेल टावरमा बम बिस्फोट

जितपुरको एनसेल टावरमा बम बिस्फोट

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस २९ २०७६


जितपुरको एनसेल टावरमा बम बिस्फोट

जितपुर । इलामको देउमाई नगरपालिका–७ जितपुर अजम्बरे डाँडामा रहेको एनसेल टावरमा बम बिस्फोट भएको छ । टावरमा गएराती अज्ञात समूहले बम बिस्फोट गराएको हो । बम बिस्फोटबाट टावर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरिक्षक राजकिशोर तेलीले जानकारी दिए । उनका अनुसार टावरका लागि प्रयोग हुने जेनेरेटर सहित अन्य सामग्री ध्वस्त भएको छ । दुईवटा बम बिस्फोग गराइएको हुनसक्ने अनुमान गरिएको छ ।
घटनास्थल नजिकै अर्को नपडकिएको सुतली बम र तार समेत फेला परेको छ ।

फेला परेको सुतली बम नेपाली सेनाको बम निस्क्रिय टोलीले निस्क्रिय गराइ सकेको उनले बताए । राती करिब १२ बजे र ३ बजे विस्फोटको आबाज सुनेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । तर घटना स्थलमा आज बिहान मात्र प्रहरी पुगेको थियो । घटनाबाट के कती क्षती भयो भन्ने यकिन जानकारी आएको छैन । साथै कस्ले बिस्फोट गराएको भन्नेबारे समेत खोजी सुरु भएको तेलीले जानकारी दिए । घटना स्थलमा आज बिहान जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मंगलबारेबाट टोली गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार