फाकफोकथुम । फाकफोकथुम गाउँपालिकाको श्री सिंह देबि माबि बिधालय आमचोकको लाईबेरी हलमा आज देखि तीन दिने सामुदायिक मेलमिलाप कर्ताहरूको लागि मेलमिलाप तीन दिने पुनरताजकीय तालिम शुरू भएको छ । । पुर्नताजकीय मेलमिलाप तालिम न्यायीक समिती फाकफोकथुमको आयोजनामा वडा स्तरिय मेलमिलापमा सुचिकृत भएका वडा नं १, ३, ४ र ५ का ३० जनाको सहभागीता रहेको छ । वडा नं १ का वडाध्यक्ष टेकविर नेम्वाङको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रमको प्रमुख अतिथी फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ दाहाल रहेका थिए ।
कार्यक्रममा बोल्दै वडा नं ३का वडाध्यक्ष राजु पौडेलले मेलमिलापकर्ताहरूले वडास्तरीयमा भयेका समस्याहरू समाधन गर्न महत्वपूर्ण भुमिका रहने बताए । त्यसैगरी प्रमुख अतिथी फाकफोक गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेख नाथ दाहालले तिन दिने पुनरताजकीय मेलमिलाप कर्ताहरूले तालिम लिइसकेपछि आउदा फाकफोकथुम भित्र दन्द्ध समधान गर्न ,ऐन नियम भित्र रहेर बिवाद समधान गर्न महत्वपूर्ण भूमिका रहने बताए । तालीममा सहभागीहरूलाई मानव अधिकार मञ्च नेपाल इलामका योगराज सापकोटा र लक्ष्मी सुब्बाले सहजीकरण गरिरहेका छन् ।