माई : नेपाल रेडक्रस सोसाईटी दानाबारी उपशाखाको १५औं साधारणसभा शनिवार माई नगरपालिकाको सितलीमा सम्पन्न भएको छ। साधारणसभामा संस्थापक अध्यक्ष समाजसेवी शंकर प्रसाद क्जचभकतजब र पुन्य कुमारी क्जचभकतजब लाई दोसल्ला ओढाएर सम्मान गरिएको छ।
दुई सय ८६ जना सदस्य रहेको उपशाखाको साधारणसभा प्रमुख अतिथि माई नगरपालिकाका मेयर दिपक कुमार थेबेले परोपकारी संस्था रेडक्रसलाई माई नगरपालिकाले हरेक सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । विशेष अतिथि रेडक्रस जिल्ला शाखा सभापति देवि प्रसाद गौतमले रेडक्रसका आधारभुत नीति र सिद्धान्तका बारेमा जानकारी गराएका थिए ।
७३ जना नयाँ आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको सभाको शाखा सभापति मित्र प्रसाद गौतमको अध्यक्षता, सेतु तामाङको स्वागत, शिवलाल आचार्यको आर्थिक प्रतिवेदन र हरि प्रसाद गुरागाईको सन्चालन रहेकोको साधारणसभामा जिल्ला सदस्य कृष्ण खाकी, लेखा समितिको संयोजक हरि प्रसाद पौड्याल लगायतले मन्तव्य राखेका थिए ।