Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा लोकसेवाको तयारी कक्षा शुरु

सूर्योदय नगरपालिकामा लोकसेवाको तयारी कक्षा शुरु

  • संगिता थामी
  • शुक्रबार, पौस २५ २०७६


सूर्योदय नगरपालिकामा लोकसेवाको तयारी कक्षा शुरु

सूर्योदय । सूर्योदय नगरपालिका भित्र बसोबास गर्ने आदिवासी जनजाति समुदायबाट निजामति प्रशासनमा सामेल हुन चाहाने विद्यार्थीहरुका लागि लोकसेवा तयारी कक्षा शुरु गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद्को आयोजना र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमा लोकसेवा तयारी कक्षा शुरु गरिएको हो ।


परिषद्का अध्यक्ष सोनाम योल्मोको अध्यक्षतामा भएको लोकसेवा तयारी कक्षाको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राईले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो । तयारी कक्षाको उद्घाटन गर्दै प्रमुख राईले तालिम र तयारी कक्षामा सहभागि भएर आत्मविश्वासका साथ सफलतामा पुग्नुपर्नेमा जोड दिनुभयो । आत्मबल बलियो बनाएर सफलताको यात्रामा अघि बढ्नुपर्छ–प्रमुख राईले भन्नुभयो–‘सफलता पाउने दृढ आत्मविश्वासका साथ परिक्षामा सहभागि भयौँ भने एक दिन सफलतामा पुगिन्छ ।’

माघ १५ गतेसम्म आयोजना हुने तयारी कक्षामा सूर्योदय नगरपालिका भित्र बसोबास गर्ने आदिवासी समुदायका ३० जना बढी युवायुवतीहरु सहभागि भएका छन् ।


तालिमको उद्घाटन सत्रमा प्याब्सन संस्थापक सदस्य प्रकाश भक्तराज, सूर्योदय नगरपालिकाका प्रवक्ता विर बहादूर लेप्चा, वडा नम्बर १० का अध्यक्ष पेमाउगेन लामा लगायतले सफलताको सुभकामना दिनुभएको थियो । तालिममा सन्तकुमार आङ्दम्बेले सहजिकरण गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार