Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा छैटौ नगरसभा शुरु

माई नगरपालिकामा छैटौ नगरसभा शुरु

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस २१ २०७६


माई नगरपालिकामा छैटौ नगरसभा शुरु

माई : इलामको माई नगरपालिकाको छैटौ नगर सभा सोमबारबाट शुरु भएको छ । माई नगरपालिका वडा नम्बर–६ स्थित बिन्तिबिनायक आधारभुत बिद्यालयमा छैटौ नगर सभाको नीति तथा कार्यक्रम संशोधित मस्यौया सहित पारित गरिएको छ । नगर प्रमुख दिपक कुमार थेबेको अध्यक्षतामा सम्पन्न सभामा उपमेयर बिष्णुमाया रिमालले आर्थिक बर्ष ०७६/०७७ का लागि संसोधित नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख प्रशासकिय प्रमुख दिनानाथ लम्सालले सञ्चालन गरेको सभाले पाँचौ नगरसभाबाट पारित योजना तथा कार्यक्रमलाई संसोधित कार्यक्रम अन्र्तगत वडा नम्बर १ देखि वडा नम्बर १० सम्मको बिभिन्न शिर्षक अन्र्तगत २ करोड ४४ लाख ८३ हजार ७ सय पचाँस रुपैयालाई संसोधन कार्यक्रम पारित गरेको उपप्रमुख रिमालले जानकारी दिइन् । उनका अनुसार नगरसभा संचालन कार्यबिधि २०७४ को दफा २७ बमोजिम समृद्धि कोषमा बिन्योजित भएको रकम मध्ये ३० लाख रकमलाई रकमान्तर गरी मर्मत संहार कोेषमा थप गरिएको छ । त्यस्तै समृद्धि कोषकै रकमबाट १ लाख रुपैया बिधालय प्रथामिक उपचार किट बक्स वितरण कार्यक्रमका लागि रकममान्तर गरीएको, तीन लाख रुपैया माई १ को चौरासेमा खेलमैदान स्तर उन्नती गर्ने निर्णय पारित गरिएको, तीन लाख रुपैयमा माई ४ को नमुना सामुदायिक बन क्षेत्रको सानोखोली क्षेत्रमा डम्पिंङ साईटको लागि रकमान्तर गरीएको बताइन् ।


सभाले पाँचौ नगरसभाबाट बिनियोजित कर्मचारी तलब शिर्षकको २० लाख रुपैयालाई रकममान्तर गरी सेवा शुल्कमा थप गर्ने प्रस्ताव पारित गरिएको छ । नगरसभाबाट पाँचौ नगरसभा देखि छैटौ नगरसभा सम्मका कार्यपालिकाले गरेका सबै निर्णयहरु अनुमोदन समेत गरेको थियो । बिपत जोखिम न्युनीकरण गर्न बनेको बिद्येयक २०७५, स्वास्थ्य तथा सरसफाई सम्बन्धि ब्यबस्था गर्न बनेको बिद्येयक २०७६, वाताबरण तथा प्रकृति स्रोतको संरक्षण सम्बन्धमा ब्यबस्था गर्ने बनेका बिधेयक २०७६ र प्रकृतिक स्रोत संरक्षण बिधेयक २०७६ पारित नभए पछी आगामी पौष २४ गते माई २ को सितलीमा हुने गरी छैटौ नगरसभा स्थगित गरिएको नगर प्रमुख थेबेले जानकारी दिए । (फास्ट अनलाइन खबरबाट)

प्रतिक्रिया
सम्बन्धित समाचार