Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

जनजाती महासघं फाकफोकथुमको अध्यक्षमा राई

जनजाती महासघं फाकफोकथुमको अध्यक्षमा राई

  • सन्देश सम्वाददाता
  • सोमबार, पौस २१ २०७६


जनजाती महासघं फाकफोकथुमको अध्यक्षमा  राई

फाकफोकथुम । नेपाल आदिवासी जनजाती महासंघ समन्वय समिति फाकफोकथुको अध्यक्षमा मुना राई चयन भएकी छन् । किरात राई यायोक्खाबाट प्रतिनिधित्व गर्दै उनी अध्यक्ष चुनिएकी हुन् । उपाध्यक्षमा गुरुङ घेदुङ समाजबाट नन्द गुरुङ, सचिवमा किराँत याक्थुङ चुम्लुङबाट नन्द लिम्बु, कोषाध्यक्षमा मगर संघ समाजबाट खगीमाया मगर सर्वसम्मत चयन भए । सदस्यहरूमा सुजन श्रेष्ठ, जस माया श्रेष्ठ, उमा राई,सुनिता लिम्बु,पेम्बा शेर्पा, सरध्वज देवान याक्खा, खगेन्द्र मगर चयन गरिएको छ । बाँकी सदस्यहरु बैठकबाट मनोनित गरिने अध्यक्ष राईले जानकारी दिइन् ।
नवनिर्वाचित समितिलाई नेपाल आदिवासी जनजाती महासंघ जिल्ला अध्यक्ष अभिषेक लिम्बुले सपथ ग्रहण गराए । खुल्ला सत्रमा गाँउपालिकाका अध्यक्ष राम कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा फाकफोकथुममा रहेका नौं जनजाती लिम्बु, राई ,मगर, गुरूङ्ग, तामाङ्ग,, शेर्पा, भूजेल, सुनुवार र याख्या देवान जातीय झाक्री नाचँ प्रदर्शन गरेका थिए । बन्द सत्र शुरू भएको केही समयसम्म फाकफोकथुममा रहेका दुइ जातीय शेर्पा संघ र किराँत याक्खा देवान संघ लाई अधिवेशनमा सहभागी गराउने कि नगराउने भन्ने बिषयमा करिब ए घण्टा विवाद भएको थियो । उनीहरुलाई समेत समावेश गर्ने सहमती भएपछि कार्यक्रम सुचारु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार