इलाम । निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेड इलामले आफनो सदस्यलाई बिमा रकम उपलव्ध गराएको छ । केही दिन अघि निधन भएकी माइजोगमाई–४ साविक नामसालिङ–९ की मनकुमारी देवानको परिवारलाई बिमा बापतको २ लाख २८ हजार रुपैया प्रदान गरिएको हो । देवानले संस्थाबाट १ लाख ५० हजार कर्जा लिए बापत बिमाको शुल्क समेत तिरेकी थिइन् । उनी नामसालिङ–९ केन्द्र नम्बर ७९ समुह की सदस्य रहेकी थिइन् ।
समुहकी प्रमुख रोमिला बराइलीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य टंक देवानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा इलाम शाखाको तर्फबाट लेखापाल नवराज दाहालको बिशेष आतिथ्यता रहेको थियो । बिमा रकम हस्तान्तरण कार्यक्रममा दाहालले बिमाको आवश्यकता र यसले समुहका सदस्यलाई दिने फाइदाको बारेमा सहजीकरण गरेका थिए ।