इलाम : इलाम नगरपालिका वडा नं११ सोयाकमा डिप बोरिङ्गबाट खानेपानी आयोजना सञ्चालन हुने भएको छ । नेपाल सरकारको २ करोड २४ लाख विशेष अनुदानमा सोयाकमा खानेपानी सञ्चालन हुने भएको हो । करिब १२५ मिटर गहिराईबाट सोलार सिस्टमको माध्यमबाट लिफ्टीङ्ग गरि पानी निकालिन लागिएको छ ।
प्रति सेकेण्ड ३.५ लिटर पानी आउने यस प्रविधिबाट ५०० घरधुरीलाई पानी वितरण गर्न सक्ने क्षमता रहेको हाललाई ६५ हजार लिटर र १० हजार लिटरको २ वटा टेङ्की निर्माण गरि त्यस क्षेत्रमा बसोबास गर्ने ७५ घरधुरी परिवारलाई पानी वितरण गर्न लागिएको हो ।