इलाम : इलाममा अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०१९ लाई भव्यताका साथ सप्ताहाव्यपी कार्यक्रम गर्दै मनाइएको छ । डिसेम्बर १८ लाई दिवसको रुपमा सन २००२ देखि मनाउन थालिएको हो । आप्रवासन कामदार दिवस यो वर्ष नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्धारा मुल समारोह समिति नै बनाएर देशव्यापी रुपमा मनाउने आव्हान गरेको थियो । सोही अनुसार दिवसलाई इलाममा पनि इलाम नगर पालिका सुक्षित आप्रवासन परियोजना (सामी) र मानव अधिकार मञ्च नेपालको संयुक्त आयोजनामा मनाइएको हो ।
पहिलो दिन इलाम स्थित ठुलो टुडिखेल देखि इलाम बसपार्क, नविनचोक,इलाम चोक बजार प्रकाश,मालापथ हुदै पुनः इलाम चोक बजारमा सम्पन्न र्याली संगै चेतना नाट्य समुह इलामद्धारा सुरक्षित वैदेशिक रोजगारीबारे जनचेतना मुलक नाटक प्रस्तुति र सोहि दिन साझ दिप प्रज्वलन गरे आप्रवासी कामदारहरुको सम्झना गरिएको थियो, भने सप्ताहव्यापी कार्यक्रमको दौरानमा सामी परियोजना सुर्याेदय नगर पालिका इलामद्धारा एक दिवसिय सुरक्षित आप्रवासन सम्बन्धि जानकारी मुलक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रको समापनको अवसरमा दश जोड दुई स्तरिय “सिप र रोजगारः आर्थिक सम्बृद्धिको आधार“ विषयक निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो निबन्ध प्रतियोगितामा आदर्श मा.वि.इलाम,अमर मा.व. बरबोटे,इलाम मा.वि.,हेरिटेज नेशनल एकाडेमी मा.वि.गरी चार विद्यालयका १५ विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा इलाम मा.वि.का विद्यार्थी एलिसा खड्का ४३ अंक सहित प्रथम,आदर्श मा.वि.का रश्मिता खतिवडा ४० अंक सहित द्धितीय र हेरिटेज नेशनल एकाडेमीका मा.वि.का हेन्जिला थेबे ३५ अंक सहित तृतीय स्थान हासिल गरेकी थिइन्। कार्यक्रमको समापनमा जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले प्रतियोगि विद्यार्थीहरुको प्रसंशा गर्दै बधाइ तथा शुभकामना दिएका थिए भने सबै प्रतियोगिहरुलाई नगद पुरस्कार र प्रमाण–पत्र समेत वितरण गरिएको इलाम नगरपालिका सुरक्षित आप्रवासन परियोजना कार्यक्रम संयोजक इश्वरी तामाङ्गले बताए ।