Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका वडा नं.१ मा आधारभुत स्वास्थ्य केन्द्र भवन उद्घाटन

इलाम नगरपालिका वडा नं.१ मा आधारभुत स्वास्थ्य केन्द्र भवन उद्घाटन

  • सन्देश सम्वाददाता
  • आइतबार, पौस ६ २०७६


इलाम नगरपालिका वडा नं.१ मा आधारभुत स्वास्थ्य केन्द्र भवन उद्घाटन

इलाम । इलाम नगरपालिका वडा १ को आधारभुत स्वास्थ्य केन्द्र भवन उद्घाटन भएको छ । इलाम नगरपालिका वडा १ का वडाध्यक्ष अम्बिका गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख महेश बस्नेतले भवन उद्घाटन गरेका थिए ।


कार्यक्रममा स्वास्थ्य केन्द्र निर्माणका लागि जग्गा प्रदान गर्ने देव प्रकाश राई , जस्तापाता प्रदान गर्ने लिलाबहादुर बस्नेत साथै भीमबहादुर थापालाई सम्मान प्रदान गरिएको थियो । यसै गरी आजै सोहि वडामा जनतासँग मेयर कार्यक्रम दुई स्थानमा सम्पन्न भएको छ । स्थानीय संग प्रत्यक्ष नगर प्रमुख उपस्थित भएर अन्तरसंवाद गर्ने कार्यक्रमको पहिलो दिन वडा १ मा सम्पन्न भएको हो । कार्यक्रममा उपस्थितन नागरिकले नगर तथा वडाले गरेका कार्यहरुका विषयमा नगर प्रमुखसँग जिज्ञाशा राखेका थिए ।


जनताले राखेको जिज्ञासामा सम्बोधन गर्दै नगर प्रमुखले नगरले हालसम्म गरेका कार्यहरुको विवरण सहित प्रष्ट पारेका थिए । कार्यक्रममा नगरपालिकाका उपप्रमुख शुसिला सुब्बा तथा वडाध्यक्षहरुको उपस्थिती रहेको थियो । जनतासँग मेयर कार्यक्रम दुई चरणमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार