Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

तथ्यहिन समाचार प्रकाशन भएको भन्दै गाउँपालिकाको आपत्ती

तथ्यहिन समाचार प्रकाशन भएको भन्दै गाउँपालिकाको आपत्ती

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर २४ २०७६


तथ्यहिन समाचार प्रकाशन भएको भन्दै गाउँपालिकाको आपत्ती

इलामको माईजोगमाई गाउँपालिकाले स्थानिय सरकार प्रमुख एवम कार्यालयसँग सम्वन्धित रहेर तथ्यहिन समाचार सम्प्रेषण भएको भन्दै आपत्ती जनाएको छ । गाउँपालिकाका प्रवक्ता याम कार्कीले विज्ञप्ती जारी गर्दैै केही संचारमाध्यममा प्रकाशन भए जस्तो गरेर गाउँपालिका अध्यक्षले गल्ती स्विकारे भन्ने बिषयको समाचार नभएको बताए । उनले जारी गरेको विज्ञप्तीमा स्थानिय सरकार प्रमुखको मानर्मदन हुने किसिमको समाचार प्रति गम्भिर ध्यानार्कषण भएको उल्लेख गरिएको छ ।
वास्तवमा गल्ती स्विकार नभएर आपसी छलफलमा समस्या समाधान भएको कार्कीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । मंसिर १९ गते गाउँपालिकाको कार्य प्रति वडा नं २ जोगमाईका वडाध्यक्ष डम्बर बहादुर सुवेदी र वडा नं ३ का अध्यक्ष याम प्रसाद योल्मोले मंसिर १० गते निवेदन बुझाएको समाचार प्रकाशन भएको थियो । वडाध्यक्षद्धयले गाउँपालिका अध्यक्षले मनोमानी गरेको भन्दै मंसिर ११ गतेबाट एक साता सम्म वडा कार्यालय बन्द समेत गरेका थिए । जसले गर्दा सेवाग्राहीहरु मर्कामा परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार