Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

इलामको पर्यटकीयस्थल माईपोखरी हूँदै सन्दकपुर जोड्ने बाटो कालोपत्रे हुँदै

इलामको पर्यटकीयस्थल माईपोखरी हूँदै सन्दकपुर जोड्ने बाटो कालोपत्रे हुँदै

  • किरण राई
  • बिहिबार, मंसिर १२ २०७६


इलामको पर्यटकीयस्थल माईपोखरी हूँदै  सन्दकपुर जोड्ने बाटो कालोपत्रे हुँदै

इलाम । इलामको पर्यटकिय गन्तव्य माइपोखरीलाई लक्षित गरेर सडकको स्तरोन्नती हुने भएको छ । इलामको बिब्ल्याँटे बजार, धारापानी, जसबीरे हुँदै माइपोखरीसम्म पुग्ने करिब १३ किलोमिटरको दूरीको सडकमध्ये तीन किलोमिटर कालोपत्रे हुने सडक डिभिजन कार्यलय इलामले जनाएको छ । उक्त सडक धारापानीसम्म कालोपत्रे भएको छ ।

किस्ताबन्दीमा कालोपत्रे हुँदै आएको सडक यसपाली धारापानीबाट जसबीरे हुँदै करिब चाँपगैरीसम्म पुग्नेछ । अर्को बर्षको योजनामा बाँकी रहेको सडक कालोपत्रे गरिने सडक डिभिजन इलामका सूचना अधिकारी धु्रवकुमार झाले बताए ।

माइपोखरी इलामकै आकर्षक गन्तव्य एवं धार्मिक तीर्थाटनका लागि कहलिएको छ । पहाडी थुम्काको माझमा फैलिएको विशाल जलाशय माइपोखरीको खास आकर्षण हो । जैविक विविधताको हिसाबले समृद्ध र संवेदनशिल मानिएको माइपोखरीलाई २०६५ सालमा रामसार क्षेत्रमा सूचीकृत गरिएको थियो ।
माइपोखरी इलामकै प्रमूख पर्यटकिय गन्तव्य भएर पनि यातायातको सहज पहुँचको अभावमा यहाँ पुग्ने पर्यटकको संख्या न्युन हुने गर्छ । दशकौंअघि बनेको सडक भएपनि  स्तरोन्नती हुन नसकेको पूर्वेली ट्याक्सी व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाले बताउँछन् ।

वर्षौंअघिदेखि सञ्चालनमा ल्याइएको भएपनि माइपोखरीको सडकको स्तरोन्नती नभएको विष्णु सुब्बा बताउँछन् । ‘इलामकै पुरानो सडकमध्येको एक भएपनि यसको हालत कहिल्यै सुधारिएन’ सुब्बा भन्छन्, ‘जबकि यो सडक माइपोखरीको पर्यटनलाई उकास्ने मात्र नभई स्थानिय जनजीवनलाई सहज बनाउन पनि आवश्यक थियो ।’ स्थानियवासी एवं आगन्तुकले कच्ची सडकमा जेनतेन यात्रा गर्नुपर्ने बाध्यता अझैपनि रहेको उनले बताए ।

माइपोखरीलाई प्रवेशद्वार बनाएर इलामकै सबैभन्दा अग्ला टोड्के झरना, पर्यटकिय गन्तव्य सन्तपुर, छिन्टापुसम्मको यात्रा गर्न सकिन्छ । सन्तपुर कंचनजङ्घा पदमार्गका लागि पनि कहलिएको ठाउँ हो ।

पछिल्लो समय नेपालबाटै सन्तपुरसम्म पुग्ने कच्ची बाटो निर्माण गरिएपनि पर्यटकहरु मानेभञ्ज्याङ हुँदै भारतको बाटोबाट सन्तपुर पुग्ने गरेका छन् । त्यसो त इलामको पर्यटकिय स्थलसम्म पुग्न सडककै समस्या छ । यता झुल्के घाम हेर्नका लागि देशमै प्रशिद्ध श्रीअन्तुको सडक पनि यसपाली स्तोरन्नती गरिने बताइएको छ । ‘यसपाली श्रीअन्तुको सडक पनि कालोपत्रे हुँदैछ’ सडक डिभिजन इलामका सूचना अधिकारी झाले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार