इलाम । इलाम नगरपालिका इलामको आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिक बैठक सम्पन्न भएको छ । नगर प्रमुख महेश बस्नेतको अध्यक्षतामा बसेको बैठकमा नगरपालिकाका सवै शाखा अन्तर्गत तथा नगरपालिकाद्धारा गठित सवै समन्वय समितिको कार्य प्रगतिको वारेमा छलफल भएको थियो । नगरपालिकाले ४ महिनाको अवधिमा सम्पन्न गरेका कार्यक्रम तथा योजनाको प्रगती विवरणहरु १९ बुंदामा प्रस्तुत गरिएको थियो । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा स्वास्थ्य तर्फ सबै वडाका नागरिकमा स्वास्थ्य सुविधा पु¥याउनका लागि नेपाल सरकालाई माग गरेको थप ४ वटा आधारभूत स्वास्थ्य केन्द्र स्वीकृत भइ काम भएको नगर स्वास्थ्य शाखाले जानकारी दिएको थियो । स्वास्थ्य केन्द्रहरु वडा ४, ६, ८ र ९ मा स्वीकृत भएको हो ।
नगरपालिकाले प्रविधि तर्फ इलाम नगरपालिकाको १२ वटै वडामा इन्ट्रानेटको माध्यमबाट इन्टरनेटको सुविधा सहज रुपमा व्यवस्था गरिनुका साथै र साथै प्रत्येक वडा कार्यालयमा सिसि टिभी तथा विधुतीय हाजिरीको व्यवस्था गरी त्यसको अनुगमन नगर कार्यपालिकाबाट गरिने थालिएको बैठकमा जानकारी गराइएको थियो । भिओआइपीको माध्यमबाट नगरका १२ वटै वडामा निशुल्क टेलिफोनको जडान गरिनुका साथै नगर कार्यपालिकाको कार्यलयमा डिजिटल नागरिक वडापत्र तथा सूचना बोर्डको जडान गर्ने कार्य चालु आर्थिक वर्षको चार महिनाको कार्यप्रगति रहेको छ ।
साविक नगरपालिका क्षेत्रमा खानेपानीको व्यापक सुधार गरिएको र साना सहरी खानेपानी योजना अन्तर्गत आयोजनाको कार्य शुरु भएको बैठकमा जानकारी गराइएको थियो । यस्तै नगर क्षेत्रका विद्यार्थी स्वास्थ्य कार्यक्रम अन्तर्गत विद्यालयमा निशुल्क सेनेटरी प्याड वितरणका लागि कार्यक्रम स्वीकृत कार्यान्वयनको काम भइरहेको छ ।
पशुपालनलाई व्यवसायीकरण गर्न कृषक गाई पालन अनुदान अन्तर्गग वडा ७ र ११ बाहेकका सवै वडामा १० जना कृषकहरुलाई अनुदान वितरण कार्यक्रम नगरपालिकाले चालु आर्थिक वर्षदेखि नै शुरु गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा दर्ता भएका १०३ सहकारी संस्थाको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम स्वीकृत भई चालु आर्थिक वर्षको पहिलो चौमासिकबाटै शुरु गरिएको छ । इलाम नगरपालिका इलामको वडा नम्बर ३,४ र ११ को नयाँ कार्यालय भवनको उद्घाटन सम्पन्न गरि कार्यालय सञ्चालन हुन थालेको नगरपालिकाले जनाएको छ । यस्तै पहिलो चौमासिकमा नगर क्षेत्रका ३२ जना डकर्मीहरुलाई भवन निर्माण सम्बन्धि तालिम सम्पन्न गरेको छ । नगरका १२ वटै वडाका १ सय १८ जनालाई मेलमिलाप सम्बन्धि तालिमको आयोजना तथा नगरका महिला जनप्रतिनिधिहरुलाई उपप्रमुख सीप विकास कार्यक्रम अन्तर्गत तरकारी तथा फलफूल खेती सम्बन्धि तालिम नगरपालिकाले सम्पन्न गरेको छ ।
इलाम नगरका कार्यान्वयन चरणका योजनाहरु
चौमासिक समिक्षा बैठकमा कार्यान्वयन चरणका योजनाहरुका बारेमा पनि छलफल भएको थियो । इलाम नगरपालिकाको १२ वटै वडाका सडकहरु बाह्रैमास सञ्चालन गर्नका लागि थप एक जेसिबि लोडर तथा २ वटा ट्रयाक्टर खरिद गरी वडाका बाटाहरु मर्मत गर्ने योजना बनाएको छ । यस्तै इलाम नगरपालिका ७ को लभपार्कबाट वडा ६ भालुढुङ्गा जानेबाटोको चियावगान डाँडासम्म झोलुङ्गे पुल तथा बञ्जीजम्पको निर्माण गर्न सम्भाव्यता अध्ययन शुरु गरेको जानकारी गरिएको थियो ।
यस्तै इलाम नगरपालिकामा क्अष्भलअभ एबचप निर्माणको लागि प्रकृया अगाडी बढाइएको साथै वडा नम्बर ७ मा फनपार्क निर्माणको प्रकृया अन्तिम चरणमा पुगेको छ । यस्तै इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको साझेदारीमा रामसार सूचीमा सूचीकृत माइपोखरी क्षेत्रमा शिवालय मन्दिर सहित पार्क निर्माणको लागि प्रकृया अगाडी बढ्ने नगरपालिकाले जनाएको छ ।
नगरवासीको सुविधाको लागि खानेपानी लगायतका शुल्क तिर्नका लागि इ–सेवाको प्रयोग गरि बुझाउने व्यवस्थाको कार्य अन्तिम चरणमा रहेको बैठकमा जानकारी गराइएको थियो । वडामा जेष्ठ नागरिक मिलन केन्द्रको थप व्यवस्थापनका लागि कार्य योजना तयार गरीएको र नगरको २ वडामा १ दक्ष पशु प्राविधिक रहने गरी पशु प्राविधिक तथा डाक्टरको उपलब्धताका लागि यसै आर्थिक वर्षमा प्रकृया अगाडी बढाउने काम कार्यान्यन चरणमा रहेको छ । यस्तै नगर क्षेत्रमा गुड्ने टेम्पोको भाडादर एक रुपता ल्याउनका लागि तत्काल भाडादर कायम गर्ने जानकारी गराइएको थियो ।