इलामको दुई स्थानमा भएको दुर्घटनामा सातजना घाइते

इलाम । इलामको २ स्थानमा भएको दुर्घटनामा सातजना घाइते भएका छन्। ताप्लेजुङबाट सुनसरीतर्फ आउँदै गरेको मोटरसाइकल ब्रेकफेल भई छानामाथि चढ्दा दुईजना र रोङ गाउँपालिकामा बस अनियन्त्रित भई पल्टदा पाँचजना घाइते भएको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए। शनिबार बिहान करिव १० बजेको समयमा मे ७ प १८८९ नम्बरको मोटरसाइकल इलाम नगरपालिका–१ नेपालटारको मेची राजमार्गको घुमाउरो सडकमा ब्रेकफेल भई स्थानिय टोमबहादुर थापाको टिनको छानामाथि चढेको थियो।
मोटरसाइकलमा सवार इलाम फाकफोकथुम गाउँपालिका-७ बस्ने २८ वर्षीय पहलमान मगर र पछाडी सवार सुनसरी वराह नगरपालिका–८ बस्ने २६ वर्षीय इन्द्र बहादुर बस्नेत घाइते भएका छन्। उनीहरू दुवैको इलाम अस्पतालमा उपचार भएको छ। त्यसैगरी, अन्दाजी साढे २ बजेको समयमा रोङ गाउँपालिका–३ अर्याल चोकस्थित मेची राजमार्गमा श्रीअन्तुबाट मोरङतर्फ जाँदै गरेको को १ ख ५३३८ नम्बरको बस अनियन्त्रित भई सडकबाट १५/२० मिटर तल खस्दा पाँचजना घाइते भएका छन्।
घाइतेहरू मोरङ उर्लावारीका दलबहादुर विक, सन्तकुमार लिम्बु, निर्मल बराल, सुरज लिम्बु र सुकराज लिम्बु रहेका छन्। उनीहरू सबैको झापास्थित विएन्डसी अस्पतालमा उपचार भइरहेको छ। बसमा २५ जना सवारी थिए। घटनापछि चालक फरार रहेका छन्। अन्य घाइतेहरू सामान्य भएकाले अस्पताल नगइ घरतर्फ लागेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

दमक। झापाको दमक देखि माङसेबुङ गाउँपालिका स्थित पञ्चमी, माङमालुङ सम्म पहिलो पटक पदयात्रा हुने...

...

फाकफोकथुम । इलामको पश्चिमि फाकफोकथुम गाउँपालिकाले कडा र दिर्घरोगिलाई उपचार खर्च प्रदान शुरु गरेको छ...

इलाममा जन्मिएकी उसु खेलाडी जुनी राईको १२ औ दक्षिण एसियाली खेल सागमा स्वर्ण जित्ने सपना...

फिक्कल । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई प्रदेश नम्बर एकको प्रादेशिक समन्वय समितिको सदस्यमा...

इलाम– दुुध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । सानो...

फिक्कल । पूर्व प्रधानमन्त्री एव् इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालले...

इलाम । नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सबैभन्दा बढी गोल गर्ने पुर्व...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...