Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

फाल्गुनन्द जयन्तीमा तीन स्थानिय तहमा आज सार्वजनिक विदा

फाल्गुनन्द जयन्तीमा तीन स्थानिय तहमा आज सार्वजनिक विदा

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक २५ २०७६


फाल्गुनन्द जयन्तीमा तीन स्थानिय तहमा आज सार्वजनिक विदा

इलाम । राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको १३५ औ जन्मजयन्तीको अवसरमा इलामका तीन स्थानीय तहले सार्वजनिक विदा दिएका छन । इलामको माई नगरपालिका, फाकफोकथुम गाउँपालिका र माङसेवुङ गाउँपालिकाले महागुरुको जन्मोत्सवमा स्थानिय विदा दिएका हुन् ।
विस १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दले समाज सुधारमा महत्त्वपूर्ण योगदान दिएका छन । उनले किरात धर्मावलम्बीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन सुरुवात गरेका थिए । उनको पहलमा पाँचथरको चोकमागुमा विस १९८८ मा गरिएको बृहत भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ ।
करिब नौ वर्ष ब्रिटिस गोर्खा सैनिकमा बिताएका फाल्गुनन्दले सैनिक जीवनबाट र्फिकएपछि समाज सुधार र र्धािमक कार्यमा जीवन बिताएका थिए । उनले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ । प्रदेश १ को ८ नगरपालिका र ११ गाउँपालिका गरी १९ स्थानीय तहले कात्तिक २५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
किराँत धर्मावलम्बिकै धर्मगुरु मानिनेआत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा मङ्सिर १८ गते गाउँपालिकामा सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार