इलाम । इलामको ग्रामीण क्षेत्रमा विद्युत विस्तारका लागि जनसहभागिता बढ्दो छ ।

टुकि बालेर रात काट्ने जनताहरु नेपाल विद्युत प्राधिकरण र स्थानीय तहहरुले विद्युत विस्तारमा बजेट विनियोजन गरेपछि सक्रिय रुपमा विद्युत विस्तारमा जनसहभागिता बढ्दै गएको हो ।

इलामको कुल जनसंख्याको ३० प्रतिशत जनसंख्याको घरमा अझैपनि विद्युत पुग्न सकेको छ । विद्युत विस्तार नभएको क्षेत्रमा अहिले इलामका सबै स्थानीय तह र नेपाल विद्युत प्राधिकरणको विद्युत विस्तारको बजेटले तिब्र रुपमा विद्युत विस्तार भइरहेको छ । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रमा अहिलेसम्म ४० हजार बढी ग्राहाक संख्या पुगेको छ ।

इलामको सन्दकपुर, माङ्सेबुङ्ग, फाकफोकथुम, माईजोगमाई, रोङ,चुलाचुली गाउँपालिकाको धेरै स्थानमा विद्युत विस्तारको काम अहिले तिब्र रुपमा हुँदै आएका छन् । इलामका अन्य स्थानीय तहमा पनि विद्युत विस्तारका काम भइरेहका छन् । विस्तुत विस्तारसँगै इलामका ग्रामीण क्षेत्रमा रहेका काठका पोलहरु परिवर्तनको काम पनि भइहेको छ ।

प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुरमा पनि चालु आर्थिक वर्षमा विद्युत बाल्ने हिसाबले तिब्र रुपमा काम भइरहेको सन्दकपुर गाउँपालिकाका प्रवत्ता गिरिराज खनालले बताए ।