सन्दकपुर । इलामको सीमावर्ती पर्यटकीय क्षेत्र सन्दकपुरमा निर्माणाधिन भ्यु टावर भारतीय अवरोधका कारण अलपत्र परेको छ । प्रदेश नम्बर एकको लगानीमा निर्माण शुरु भएको भ्यु टावार भारतीय सीमा सुरक्षा बलले निर्माणमा अवरोध गरेसँगै अलपत्र परेको हो । निर्माणका क्रमको अवस्थामा रहेको भ्युटावर निर्माणको समस्या सरकारले समाधनको काम नगर्दा नेपालतर्फ सीमावर्ती क्षेत्रमा यसअघि निर्माण थालिएका र चालु आर्थिक वर्षमा निर्माण हुने पर्यटकीय पूर्वाधारका थुप्रै विकासका आयोजना निर्माणमा अवरोध भएको छ ।
प्रदेश सरकारले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत छुट्याएको रकमबाट सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडामा झन्डै एक करोडको पूर्वाधारका काम थालिएको थियो । सन्दकपुर डाँडामा भ्यु प्वाइन्टसहित १ सय मिटर पैदल मार्ग, प्रवेशद्वारलगायतका पूर्वाधार निर्माणको क्रममा रोकिएको उपभोक्ता समितिका अध्यक्ष रिञ्जि सेर्पाले बताए । निर्माणको काम रोकिएपछि सो बजेटले पछि कन्काई माईको उद्गम स्थल र मन्दिर क्षेत्रमा भने पूर्वाधार निर्माणका काम भएको थियो ।

नेपालतर्फ आहालटारमा निर्माण गर्न लागिएको आवास गृहमा पनि अवरोध भारतीय अवरोधका कारण अर्कै स्थान तोकिएको छ । ३ करोड रुपैयाँको लागतमा बन्ने आवास गृहका लागि टेन्डरसमेत भएको अवस्थामा भारत पक्षले सीमा यकिन नभएसम्म पूर्वाधार नबनाउन दबाब दिएपछि आवस भवन अन्तै निर्माणका लागि ठाउँ छनौट भएको प्रदेश सासंद खिनु लङ्वा लिम्बुले बताइन् । ‘पाँचथर सीमा नजिकै इलामकै क्षेत्रमा भवन बन्ने यकिन भए पनि भारतीय भनाइले काम अघि बढाउन अप्ठ्यारो भएपछि ठाउँ परिवर्तन गरियो, सहरी विकास तथा भवन निर्माण कार्यालयका प्राविधिक प्रशान्त राईले भने–‘भारतीय पक्षको दबाबपछि स्थानीयको भेलाबाट हामीले अर्को स्थान छनौट गरि निर्माणको प्रक्रिया अघि बढाएका छौँ । ’ ‘गुगल म्याप देखाएर भवन बनाउन लागिएको क्षेत्रमा काम अघि नबढाउन एस एसबीले दबाब दिएपछि निर्माणको काम रोकिएको थियो,–‘प्रदेश सासंदको नेतृत्वको टोलीले पानी ढलो र सीमा पिल्लरको अवस्थाका अनुसार भवन बनाउन लागिएको क्षेत्र प्रस्ट रूपमा नेपाल भएपनि हामीले अर्को स्थान छनौट गर्यौ ।

हिमाल दृश्यावलोकनसहित नेपाल, भारत र भुटानका अनेक स्थान नियाल्न सकिने क्षेत्रमा भवन बनाउन नपाएपछि अलि अपायक क्षेत्रमा भवन निर्माणको टुङ्गो लगाइएको हो । सन्दकपुरमा नेपालतर्फबाट कच्ची सडक स्तरउन्ती गर्ने काम भइरहेको छ । नेपालतर्फ होटल, शौचालयजस्ता पूर्वाधार बनाउँदा भारततर्फ रहेको सडकबाट निर्माण सामग्री ल्याउन कडाइ गरिएको छ । सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाएको उल्लेख गर्दै सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदय राईले पूर्व प्रधानमन्त्री तथा संघीय सासंद झलनाथ खनालसँग तत्काल समाधानका लागि आग्रह गरेका थिए । ‘एकाएक भौतिक संरचना निर्माणमा अवरोध पु¥याएपछि हामीलाई निर्माका काममा बाधा पुगको छ , अध्यक्ष राईले भने ‘ पूर्वाधार निर्माणलाई चाँडो निरन्तरन्ता दिएर झुल्केघामसँगै हिमशृंखलाको दृश्यावलोकन गर्ने डाँडामा पर्यटकको पहुँच सहज बनाउन पहल गरिरहेका छौँ ।
शेर्पा च्यालेट होटल अगाडि जंगे पिल्लर रहे पनि त्यसमाथि सहायक र सानो पिलर नहुँदा सीमा यकिन छैन । यस क्षेत्रमा सीमा क्षेत्रलाई पानीढलोका आधारमा बुझिने गरेको छ तर पछिल्लो समय भारतीय पक्षले गुगल नक्साअनुसार नेपालका धेरै क्षेत्र र बस्ती भारततिर पर्ने दाबी गर्दै आएको छ । तर गुगल नक्सा आधिकारी नहुने भएकाले तत्काल समाधानका लागि संघीय सरकारको विभिन्न निकायसँग आग्रह गरिरहेको गाउँपालिका उपाध्यक्ष सोभा पराजुलीले बताइन् ।

सन्दकपुर क्षेत्रलाई गतिलो पर्यटकीय गन्तव्य बनाउन अन्य पूर्वाधार विकासका थुप्रै काम अघि बढाउनुपर्ने भएकाले सीमासम्बन्धी समस्यालाई सरोकारवालाले तत्काल सुल्झाउनुपर्ने उपाध्यक्ष पराजुलीको भनाइ छ । स्थानीयले पनि सीमा विवाद सधैं बल्झिरहने भएकाले स्थायी समाधान खोज्नुपर्नेमा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग माग गरेका छन् ।। ‘भारतले सीमा क्षेत्रमा ३÷४ किलोमिटरको अन्तरमा एसएसबी क्याम्प राखेर नियमित अनुगमन र निगरानी गर्छ, सन्दकपुर २ का वडासदस्य अमृत राईले भने–‘ नेपाल सरकारको तर्फबाट बजेट विनियोजन गरेपनि सीमा क्षेत्रका बारेमा चासो नराख्दा बजेट भनेको स्थानमा सदुपयोग गर्न सकिएको छ्र्रैन ।
सन्दकपुरमा काममा अवरोध भएपछि सीमा हेर्ने सशस्त्र प्रहरीको बीओपीले स्थलगत अनुगमन गरेपनि यो निकायसँग नक्सा नहुँदा अन्यौलता छाएको छ । भारतीय सुरक्षाकर्मीसित छलफल भए पनि निकास आएन शसस्त्र बल बिओपि प्रमुख पवन खड्काले भने– दुईदेशको संयुक्त टोलीले सीमा यकिन नगरेसम्म सीमा क्षेत्रमा कुनै संरचना नबनाउने सहमति भएको छ । वैज्ञानिक सीमांकन नभएसम्म यस क्षेत्रमा पूर्वाधार निर्माणदेखि अन्य गतिविधि गर्न समस्या हुने उनले बताए ।

दशगजा क्षेत्रका धेरै स्थानमा निजी पूर्वाधारसमेत बनेका छन् । सरकारी तवरबाटै भौतिक विकासका काम थालिएपछि भने भारततर्फबाट अवरोध भएको हो । तर, भारततीर सीमा क्षेत्रमा रहेको सीमा सुरक्षा बलको क्याम्प निर्माण गर्दा दशगजा मिचिएपनि नेपाली पक्षबाट चासो दिएको छैन । इलामको सीमा क्षेत्रमा राखिएका भारतीय एसएसबि क्याम्प दशगजामा टसाएर बनाएपनि नेपाल पक्षले संरचना निर्माणमा अवरोध गरिरहेकाले समस्या भएको स्थानीयको भनाइ छ । प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले सीमा समस्यालाई तत्काल केन्द्रसम्म पु¥याएर समाधानको प्रयास गरिरहेको बताए । पहिलोपटक सन्दकपुर पुगेका कार्कीले सनिबार उक्त कुरा बताएका थिए ।
इलामको नेपाल र भारत सीमा क्षेत्रमा भारतपट्टिबाट धेरैजसो पानी ढलोको दिशा छुट्टयाउने डाँडो काटेर सडक निर्माण गरेका कारण सीमा क्षेत्र यकिन गर्न समस्या भएको स्थानीयको भनाइ छ । सन्दकपुर पर्यटकीय क्षेत्रको अधिकास भ्यु पोइन्ट र खाने बस्ने स्थान नेपाल पट्टि भएकाले सीमा क्षेत्रको भु–भागमा भारतको स्वार्थ रहेको सीमा क्षेत्रको सरोकार राख्ने नेपालीको भनाइ छ ।