Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

पञ्चमी बजार अनुगमन

पञ्चमी बजार अनुगमन

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक ८ २०७६


पञ्चमी बजार अनुगमन

मंगलबारे । देउमाई नगरपालिका– ७ पंचमी बजारमा विहिबार बजार अनुगमन गरिएको छ । उपप्रमुख पविमाया राईको नेतृत्वको टोलीले बजारका २८ वटा पसल अनुगमन गरेको हो । उद्योग वाणिज्य संघ सदस्य कल्पना थापा , जितपुर प्रहरी चौकी असई युवराज भट्टराई निरिक्षण अधिकृत नवीन कुमार पौड्याल नगर कार्यपालिका सदस्य दुर्गा आचार्यको टोलीले धेरै जसो पसल इजाजत विना नै संचालन गरेको पाएको छ ।


त्यसैगरी कोक, जस, तेल, विस्कुट लगायत धेरै ६ हजार ३ सय मुल्य बराबरको म्याद गुज्रिएको सामाना बरामद गरेको छ । देउमाई नगरपालिकाले तिहार नजिकिएपछि मुख्य बजार क्षेत्र अनुगमन गर्न थालेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार