Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सहारा नेपालले कार्यक्षेत्रका दुई स्थानिय तहलाई एम्बुलेन्स सहयोग गर्ने

सहारा नेपालले कार्यक्षेत्रका दुई स्थानिय तहलाई एम्बुलेन्स सहयोग गर्ने

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक ६ २०७६


सहारा नेपालले  कार्यक्षेत्रका दुई स्थानिय तहलाई एम्बुलेन्स सहयोग गर्ने

इलाम । सहारा नेपाल बचत तथा ऋण सहकारी सस्था लिमिटेड चारपानेले आफ्नो कार्यक्षेत्रभित्रका दुई स्थानीय निकायहरुलाई एम्बुलेन्स सहयोग गर्ने भएको छ । सस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत पाचँथरको कुम्मायक गाँउपालिका र उदयपुरको चौगण्डीगढी नगरपालिकालाई एक एक थान एम्बुलेन्स अनुदानमा सहयोग गर्ने भएको हो ।
नेपालकै सबैभन्दा ठुलो रहकारी सस्थाको रुपमा रहेको सहारा नेपाल साकोसले आफ्ना कार्यक्षेत्र भित्रका स्थानिय तहहरुमध्ये यस पटक अन्य तिर भन्दा विकटमा आफ्नो सेवाकेन्द्र रहेको पाचँथरको कुम्मायक गाउँपालिका र उदयपुरको चौगण्डीगढी नगरपालिकालाई छनोट गरी एम्बुलेन्स सहयोग गर्ने निणर्य गरेको संस्थाका उप निर्देशक लक्ष्मण खतिवडाले जानकारी दिए ।
संस्थाका संचालक समिति सदस्य शंकर रिजालका अनुसार सहारा नेपालले दुईवटै स्थानिय तहहरुलाई आवस्यक प्रकृया पुरा गरी एक कार्यक्रमका विच एम्बुलेन्स हस्तान्तरण गर्ने बताए । सहारा नेपाल र कुम्मायक गाउँपालिकाविच आगामी दिनमा युवा स्वरोजगार, कृषि, क्षमता विकास लगायलको क्षेत्रमा सहकार्य गरी गरिव तथा विपन्न वर्गको हितका योजना बनाउदै अघि बढ्ने सहारा नेपालको लक्ष्य रहेको छ ।
सहाराले आफ्नो गाउँपालिकालाई एम्बुलेन्स जस्तो मावविय सेवाको अति आवस्यक साधन अनुदान सहयोग गर्ने निर्णयको सिङगो गाउँपालिका बासिन्दा खुशी भएको गाउँ पालिका उपाध्यक्ष सीता आचार्यले बताईन उनले आफ्नो ठाउँमा अति आवस्यक रहेको एम्बुलेन्स सहयोगले कुम्मायका जनतालाई सहारा नेपालको सहारा पाएको बताउदै सहाराले दिएको एम्बुलेन्सलाई पालिकाको मातहतमा राखेर अधिकतम सदुपयोग गर्ने बचन दिएकी छिन ।

प्रतिक्रिया
सम्बन्धित समाचार