Local Sandesh मंगलबार, चैत्र ६ २०८०
  • ट्रेण्डिङ :

प्रा.डा केसी इलाम पुगे

प्रा.डा केसी इलाम पुगे

  • लोकल सन्देश
  • आइतबार, कार्तिक ३ २०७६


प्रा.डा केसी इलाम पुगे

इलाम । चिकित्सा शिक्षा सुधारको माग राख्दै पटकपटक अनशन बसेका प्राडा। गोविन्द केसीले इलाम आएका छन्। गत असोज २७ गतेबाट उमेरहदका कारण अनिवार्य अवकास पाएका प्रा.डा. केसी देशका विभिन्न भाग घुम्दै शनिबार इलाम आइपुगेका हुन्। उनले आइतबार इलाम अस्पताल भ्रमण गरेको उनका समर्थक इलामका पत्रकार धर्म गौतमले बताए।
गौतमका अनुसार उनी आइतबार रोङ गाउँपालिका–३ मा रहेको सानी पाथिभरा दर्शन गरेर झापा फर्कनेछन्। २६ वर्षे सरकारी सेवाबाट अवकास पाएको दिन पत्रकार सम्मेलन गरेर विभिन्न ६ वटा माग राख्दै कात्तिक १३ गतेबाट देशको जुनसुकै ठाउँबाट अनशन थाल्ने अल्टिमटम दिएका थिए। यसअघि केसीले गत पुष २५ गतेबाट ९ दिनसम्म १६ औँ चरणको अनशन इलाममा बसेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई काठमाडौं लगिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार