Local Sandesh मंगलबार, चैत्र ६ २०८०
  • ट्रेण्डिङ :

काठमाडौं ओर्लिए चिनियाँ राष्ट्रपति सी चिनफिङ

काठमाडौं ओर्लिए चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज २५ २०७६


काठमाडौं ओर्लिए चिनियाँ राष्ट्रपति सी चिनफिङ

काठमाण्डाै ।  नेपालको दुईदिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन् । भारतको चेन्नाइमा रहेका राष्ट्रपति सी दिउँसो १ बजेर ४८ मिनेटमा नेपालका लागि उडेका थिए । उनी एयर चाइनाको बोइङ ७४७ जहाजमार्फत नेपाल ओर्लिएका हुन्। अपराह्न ४:३० बजे अवतरण गर्ने कार्यसूची रहे पनि राष्ट्रपति सी सवार विमान निर्धारित समयभन्दा २० मिनेट अगावै काठमाडौं आइपुगेको हो। उनी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आएका हुन् । चिनियाँ राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । उनले आजै ६ः ३० बजे राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार